अमेरिकी राष्टपति चुनावमा भारतिय मुलकी कमला सम्भावित उम्मेदवार



वासिङटन (एजेन्सी)
‘फिमेल ओबामा‘को रुपमा ख्याती कमाएकी भारतिय मुलकी प्रथम अमेरिकी सिनेटर कमला ह्यारिस सन् २०२० मा हुन गइरहेको राष्टपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट संभावित उम्मेदवारमा परेकीछिन् ।
उनको पार्टीले हालैको मध्यावधी चुनावमा उत्कृष्ट प्रदर्शन गरेको छ । यस क्रममा विगत दुई बर्षमा कमला अमेरिकाको माथिल्लो सदन सिनेटकी स्टार नेताका रुपमा उदय भएकीछिन् ।

उनी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध डेमोक्र्याटिक पार्टीका तर्फबाट आवाज उठाउने प्रखर नेताहरु मध्यमा पर्छन् । एक्सियोसद्वारा गरिएको एक अनलाईन सर्वेक्षण अनुसार यदि अहिले चुनाव भएमा उनले ट्रम्पलाई १० अंकको अन्तरले हराउन सक्ने छिन् । उनलाई अफ्रिकी मुलका अमेरिकी नागरिक र श्वेत बाहुल्य उपनगरका महिलाहरुको राम्रो मत हासिल हुन सक्छ ।

५४ बर्षिय कमलाले एक महिना अगाडी आयोवाको आफनो पहिलो यात्रा गरेकी थिइन् । उनको यो भ्रमणलाई लिएर सन्चार विज्ञहरुले उनी अमेरिकी राष्टपतिको तयारीमा लागेको बताएका छन् । सन् २०२० को राष्टपति चुनावको घोषणा उक्त बर्षको फेब्रुअरी मा आयोवामा हुनेछ । उक्त राज्यमा पहिलो प्राइमरी चुनाव हुने कार्यक्रम रहेको छ । कमलाको पटक पटक आयोवाको भ्रमण गर्नु र उनको सभामा ओबामाको जस्तो संकेत देखिएको सन्चारमाध्यममा आएका समाचारहरुले संकेत दिएको छ ।

उनलाई पुर्व राष्टपति बाराक ओबामाको निकत मानिन्छ । ओबामाले उनलाई सन् २०१६ मा अमेरिकी सिनेट लगायत विभिन्न चुनावमा उतारेका थिए । क्यालिफोर्नियाको ओकल्यान्डमा जन्मेकी कमला भारतकी श्यामला गोपालन र जमैका मुलका अमेरिकी नागरिक डोनाल्ड ह्यारिसकी सन्तान हुन् ।

कमलाकी आमा श्यामल गोपालन सन् १९६० मा चेन्नइबाट अमेरिकामा प्रवेश गरेकी थिइन् । कमलाले सन्चार माध्यमहरुमा आएका ती समाचारहरुको पुष्टी र खन्डन दुर्ब गरेकी छैन । तर उनले आयोवामा आफनो भ्रमण मध्यावधी चुनावका लागि पार्टीको चुनाव प्रचार गर्नु रहेको सन्चार माध्यमसँगको एक साक्षात्कारमा बताएकी छिन् ।


यस पटकको मध्यावधी चुनावले ८ बर्ष पछि डेमोक्र्याटिक पार्टीले अमेरिकी प्रतिनिधि सभामा रिपब्लिकनलाई बहुमतबाट बन्चित गरायो । ओबामाको कार्यकालमा उनलाई ‘फिमेल बाराक ओबामा ‘ नामले सम्बोधन गरिन्थ्यो ।

एक दशक अगाडी पहिलो पटक पत्रकार ग्वेन इफिलले उनलाई ‘फिमेल बाराक ओबामा‘ भनेका थिए । त्यसपछि विलोबायका एक ब्यवसायी टोनी पिन्टोले उनलाई एक युवती र राष्टपतिका महिला प्रारुप बताएका थिए । यद्यपी राष्ट्रपति चुनावका लागि कमलाले आफनो उम्मेदवारी घोषणा अहिलेसम्म गरेकी छैनन् । तर उनी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीबाट दुई दर्जन सम्भावित उम्मेदवार मध्यमा परेकी छिन् । अहिलेसम्म कुनै पनि नेताले आफनो उम्मेदवारीलाई लिएर कुनै घोषणा गरेका छैनन् ।

यसमा सिनेटर बर्नी सेन्डर्स, पुर्व विदेशमन्त्री हिलारी क्लिन्टन र पुर्व उपराष्ट्रपति जो बाइडेन प्रमुख चर्चित अनुहार हुन् ।

त्यसैगरि अमेरिकी कांग्रेसमा प्रथम हिन्दु सांसद तुलसी गब्बार्ड पनि राष्टपति चुनावका लागि उम्मेदवार हुने दौडमा सहभागी छिन् । उक्त कुराको जानकारी तुलसीको निकत सुत्रले दिएको हो ।

यसबीच ओबामाकी पत्नी मिसेल ओबामाले चुनावी राजनितिमा प्रवेश गर्न अस्विकार गरेकीछिन् ।

प्रतिक्रिया दिनुहोस्