प्रेस अनुमति पत्र तत्काल बहाल गर्न ह्वाइट हाउसलाई अदालतको आदेश



वासिंगटन (एजेन्सी)
अमेरिकाका एक संघिय न्यायधिषले ह्वाइट हाउसलाई सीएनएनका पत्रकार जिम अकोस्टाको प्रेश अनुमति पत्र तत्काल बहाल गर्न आदेश दिएको छ । अमेरिकी डिस्ट्र्क्टि कोर्टका न्यायधिष टिमोथी केलीले शुक्रबार वासिंगटनमा उक्त मुद्दाको सुनुवाईपछि उक्त पैmसला सुनाएको हो ।

ह्वाइट हाउसमा एक प्रत्रकार सम्मेलनका क्रममा राष्टपति डोनाल्ड ट्र्म्पसँग प्रश्न सोध्ने क्रममा बहस भएपछि अकोस्टाको प्रवेश अनुमति पत्र रद्द गरिएको थियो ।

न्यायधिष केलीले सुनवाई पुरा नभएसम्मका लागि अकोस्टाको प्रवेशलाई सुनिश्चित गर्न ह्वाइट हाउको आदेश माथि अस्थायी रोक लगाएको सीएनएनले जनाएको छ । अकोस्टाको प्रवेश अनुमति पत्र रद्द गुर्न स्वतन्त्र प्रेस अधिकारको संवैधानिक ग्यारेन्टीको उलंघन भएको कयौं सन्चार समुहले प्रतिक्रिया दिएका थिए ।

प्रेस अनुमति रद्द प्रकरण

केलीले आफनो आदेश पत्रकारका लागि उचित प्रत्रियामा आधारित रहेको बताए । आफुले स्वतन्त्र प्रेसको ग्यारेन्टी गर्ने पहिलो संशोधन सहित अन्य संवैधानिक मुद्दा संकटमा परेको मामिलामा अलग सुनुवाइ गर्ने उनले बताए । उनले फैसलामा भने ( अहिलेसम्म पहिलो संशोधनको उलंघन भएको छ वा छैन भन्ने विषयमा अहिले नै मैले तय नगरको म स्पष्ट पार्न चाहन्छु ।

सीएनएनका वकिलले बुधबार बहसका क्रममा अदालतमा ह्वाइट हाउसले अकोस्टाको प्रवेशपत्र रद्द गरी पहिलो संशोधनद्वारा प्रदान गरिउको अभिब्यक्तीको स्वतन्त्रताको अधिकार हनन गरेको बताएका थिए । अमेरिकी न्याय विभागले अधिवक्ता जेम्स बुरहामले यसको विरोध गर्दै अकोस्टालाई राष्ट्र्पति भवनको प्रेस सम्मलनमा प्रवश अनुमति दिन भनेका थिए ।

बहसका क्रममा माइक खोसाखोस
यसअघि ह्वाइट हाउसका तर्फबाट आफना वरिष्ठ पत्रकार जिम अकोस्टाको मान्यता रद्द गरिएकोमा केबल न्युज नेटवर्क (सीएनएन)ले ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेका थिए । एकोस्टा ह्वाइट हाउसमा सीएनएनका मुख्य संवाददाता थिए । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसपछि उनको ‘प्रेस हार्ड पास ‘ फिर्ता लिइएको थियो ।

नेटवर्कले अकोस्टाको संवैधानिक अधिकारको उलंघन भएको आरोप लगाएको छ । उक्त मुद्दा मंगलबार वासिङटनमा दर्ता गरिएको र यसमा राष्ट्रपति ट्रम्प र उनका दुई सहयोगीलाई प्रतिवादी बनाएका थिए ।
ती अधिकारीहरुमा प्रमुख सल्लाहकार केली र ह्वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्स भएको बताइएको थियो । सारा सेन्डर्सले एकोस्टाको पास रद्द गरिनुको कारण अस्विकार्य आचरण भएको बताएकी थिइन् ।

प्रेस सम्मेलनमा के भयो ?
गत नोभेम्बर ७ मा एक प्रेस सम्मेलनमा राष्ट्रपति ट्रम्प र अकोस्टाबीच केही प्रश्नलाई लिएर बहस भएको थियो । उक्त घटनाको भोली पल्ट नै उनको पास रद्द गरिएको थियो ।

संवाददाता जिम अकोस्टा अमेरिकी राष्टपतिसँग मेक्सिकोका सरणार्थी र मेक्सिकोबाट अमेरिका तर्फ बढीरहेका आप्रवासीहरुको लस्करका बारेमा प्रश्न गर्न चाहेका थिए ।

तर यो प्रश्न सोध्दै गर्दा ट्रम्पको कायालयमा तैनाथ एक महिला कर्मचारीले पत्रकारको हातबाट माइक खोस्ने प्रयास गरेकी थिइन् । यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि भन्न थाले– अति भयो, अति भयो, …. रोक्नु ‘ । ट्रम्पले अकोस्टालाई माइक तल राख्न पनि भनेका थिए ।

त्यसपछि ट्रम्पले भने– सीएनएनलाई आफैप्रति लाज हुनु पर्ने हो, तपाई उनका लागि काम गर्नु हुन्छ । जसरी तपाईले सारा सेन्डर्सको टोलीका मेम्बरसँग ब्यवहार गर्यो त्यो निन्दनिय हो ।

प्रतिक्रिया दिनुहोस्