स्टार्फ नर्सको भरमा जिल्ला अस्पताल



शालिकराम चालिसे, नुवाकोट ।
जिल्ला अस्पताल नुवाकोमा आवश्यक दरबन्दी अनुसार कर्मचारी नहुँदा स्टाफ नर्सको भरमा अस्पताल संचालन भइरहको छ । अस्पतालमा ६९ जनाको दरबन्दी भएपनि अहिले २३ जनाले काम समालि रहेको अस्पतालका ब्यबस्थापक झंकार लामिछानेले बताए ।
ब्यबस्थापक लामिछानेका अनुसार अस्पतालमा मेडिकल सुपरिटेनडनको नै दरबन्दी खाली रहेको बताए ।

अस्पतालमा अस्पताल मुख्य अधिकृत सहित कन्सन्टेन, अर्थो, पारामेडिक्सक र नर्सिङका दरबन्दीहरु रिक्त रहेको छ । अस्पतालमा लामो समयसम्म सरकारी दरबन्दि अनुसारको कर्मचारी नहुँदा अस्पताल स्टाफ नर्सको भरमा भरमा चलेको लामिछानेले बताए । नुवाकोटसँग जोडिएको अन्य दुई जिल्लाहरु रसुवा र धादिङका बिरामीहरुलाई प्रत्यक्ष सेवा पुराईरहेको जिल्ला अस्पतालमा दरबन्दी खाली हुँदा बिरामीहरु समस्यामा परेका छन् । लामो समयसम्म दरबन्दी खाली हुँदा आकस्मीक सेवासमेत प्रभावित हुँदै आएको छ भने सानोतिनो अप्रेसन गर्न नसकेर विरामीलाई काठमाण्डौ रिफर गर्नुपर्ने अवस्था आएको ब्यबस्थापक लामिछानेले बताए ।

अस्पतालमा बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएपनि दरबन्दि अनुसारका कर्मचार नहुँदा सेवाग्राही मर्कामा परेका छन । जिल्लाको पुरानो अस्पतालको रुपमा परिचित अस्पतालमा आधाजसो सेवाग्राहीले सेवा पाउन नसकेर राजधानी धाउनपर्ने अवस्था आएको विरामीहरुले बताएका छन । अस्पतालमा उपचारका लागि आएपनि डाक्टर अभावको कारणले पालो नपाएको र काठमाण्डौ गए छिटो हुने आशय अस्पतालका कर्मचारीले बताउने गरेको सेवाग्राहीले बताएका छन ।

त्यस्तै अस्पतालमा कर्मचारी अभाव भएको भन्दै इमरजेन्सीमा समेत राम्रोसँग सेवा प्रवाह नगर्ने गरेको विरामीका आफन्तले बताएका छन । अस्पताल अहिले प्रदेश अन्र्तगत रहेको भएपनि चालु आर्थिक वर्षको लागि विदुर नगरपालिकाले हेरिरहेको छ । अस्पतालमा रिक्त रहेको दरबन्दि परिपुर्ति गर्न अस्पताल प्रशासनले सरोकारवाला निकायसँग पहल गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा डाक्टरहरु ल्याउन विदुरनगरपालिका र प्रतिनिधिसभा सांसद नारायण खतिवडा लगायतले समेत पहल गरिरहेका छन । अस्पतालमा दरबन्दि अनुसार कर्मचारी नियुत्तीको लागि पहल भइरहेको विदुर नगरपालिकाकी उपप्रमुख गिता दहालले बताइन ।

चिकित्सक नै नभएपछि उपचारका लागि आउने बिरामीको संख्या कमी भएको अस्पताल प्रशासनले बताएको छ । भूकम्पपछि अस्पतालको भौतिक संरचनामा समेत क्षति पुगेको कारण चिकित्सकहरु भएपनि बस्ने स्थानको अभाब भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्