पुर्वाधार विकासको अधिकांश बजेट कालोपत्रे सडकमा



दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वतबाट निर्वाचित प्रतिनिधी सभाका सदस्य पदम गिरीले स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको अधिकाँश बजेट सडक कालोपत्रे गर्ने काममा बिनियोजन गरेका छन ।

प्रतिनिधीसभा सदस्य गिरीको संयोजकत्वमा बिनियोजन गरिएको ४ करोड मध्ये ३ करोड ५ लाख रुपैंया कालोपत्रे गर्ने कामका लागि बिनियोजन गरिएको हो । कार्यक्रम अन्र्तगत १४ वटा योजनामा बजेट बिनियोजन गरिएको छ ।

सडक कालोपत्रे गर्नका लागि रकम न्युन भएपनि सडक तर्फका ८ योजना मध्ये ७ वटा योजना पक्की सडक निर्माण कै छन । एउटा सडकमा भने स्तरउन्नतीका लागि बजेट बिनियोजना गरिएको छ । सडकको मर्मत सम्भारमा ठूलो बजेट खर्च हुँदै आएपनि सडक पक्कि नहुँदासम्म सडकको यात्रा कष्टकर बन्दै गएकाले अवको योजना सवै सडकलाई पक्कि बनाउने गरी बजेट बिनियोजन गरिएको सांसद गिरीले बताए । गिरीका अनुसार चालु बर्षमा सवै सडकको कालोपत्रेको काम शुरु हुनेछ ।

‘उपलब्ध बजेटले जति सकिन्छ सडकलाई पक्कि बनाउने हो’ गिरी भन्छन–‘सडकको काम पुरा नहुँदा अर्को बर्ष पनि पूर्वाधार साझेदारी कार्यक्रमबाट बजेट विनियोजन हुनेछ ।’ स्थानीय, प्रदेश र संघको थप बजेट विनियोजन गर्न सकेमा सडकहरुको कालोपत्रे काम छिट्टै पुरा गरिने सांसद गिरीको भनाई छ । थोरै बजेटमा गुणस्तरीय काम हुनेमा गिरीले विश्वास ब्यक्त गरे ।

गिरीका अनुसार फलेवासको मुडिकुवा देखि टुटुंगा ढिक सडकलाई पनि कालोपत्रे गर्ने कार्य शुरु गर्न यस बर्ष ४५ लाख रकम विनियोजन गरिएको छ । जलजला गाउँपालिकाको वारीवेनी देखि माझफाँट हुँदै लेकफाँट जाने सडकका लागि ५० लाख रकम विनियोजन भएको छ । यसैगरी, जलजला गाउँपालिकाकै मिलनचोक शालिजा लेकफाँट सडकका लागि ४० लाख रकम विनियोजन भएको छ । यसैगरी, कुश्मा नगरपालिकाको साइकलचोक–गहतेपोखरा–ठुलिपोखरी–खौला सडकका लागि ४० लाख रकम साझेदारीका लागि विनियोजन भएको छ । मोदी गाउँपालिकाको पातिचौर–बाजुङ–क्याङ सडकलाई पक्कि सडक बनाउनका लागि यस बर्ष ४० लाख रकम साझेदारी गरिएको छ ।

मध्य दक्षिणमा रहेको महाशिला गाउँपालिकाको केन्द्रमा पुग्ने सडकलाई पनि पक्कि सडक बनाउने अभियान चालु आर्थिक बर्षबाट शुरु हुने भएको छ । उक्त सडकलाई चालु आर्थिक बर्षका लागि ४० लाख रकम विनियोजन गरी उक्त रकममा साझेदार गर्दै सडकलाई पक्कि बनाउने कार्य शुरु हुने भएको छ । उता, दक्षिणी पर्वतमा रहेको बहुप्रतिक्षित सडक चिसापानी देखि हुवास हुँदै विहादी गाउँपालिकालाई जोड्ने सडकलाई कालोपत्रे गर्ने काम चालु बर्ष देखि नै शुरु हुने भएको छ ।

उक्त सडकका लागि ५० लाख रकम विनियोजन गरिएको छ । यस सडकमा पनि प्रदेश र स्थानीय तहको साझेदारी जुटाईने छ । उता, पर्यटकीय सडकको रुपमा रहेको दक्षिण पर्वतको शालीग्राम पु्ग्ने छचन्ने चरकाङ सेतीबेणी सडकका लागि १५ लाख रुपैंयामा स्तरोउन्नतीमा खर्च गरिनेछ । सवै सडकहरुमा स्थानीय तह, प्रदेश र केन्द्रिय सरकारको थप बजेटको ब्यवस्थापनका लागि आफूले पहल गर्ने सांसद गिरीले बताए ।

यसैगरी कार्यक्रम अन्तर्गत अन्य पूर्वाधार तर्फ सुन्दरे खोला सिंचाई योजना (चुवा ४,५ साविक), तारेभिर सामुदायिक भवन निर्माण (कुश्मा ३), पशुपति मावि राम्जा मञ्च निर्माण, भुक माझगाउँ खेल मौदान निर्माण, बृहद कुर्घा दुग्ध उत्पादक समूह भवन, चिलिङ भाट् निर्माण गरी ५ वटा योजनामा प्रत्येक योजनामा १० लाखका दरले बजेट विनियोजन गरिएको छ । बिहादी गाउँपालिका वडा नं ४ र ५ मा काठेपोल बिस्थापन गरि १९० वटा फलामे पोल खरिदका लागि ३० लाख बजेट बिनियोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्