मोबाईल तथा सामाजिक संजाल प्रयोगमा कडाई



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले सामाजिक संजाल तथा मोवाइल फोनलाई प्रयोग भन्दा दुरुपयोग बढी हुँदै गएको भन्दै नगरभित्र संचालनमा कडाई गरेको छ । नगरपालिकाले नगरभित्र कार्यरत कर्मचारी र बिद्यालयका शिक्षकहरु एवं सर्वसाधारणले पनि सकारात्मक भन्दा नकारात्मक तिर बढी प्रयोग गरेकोले कडाई गरेकोताइएको छ ।

नगरपालिकाले सरोकारवाला सबैलाई अनुरोध गर्दै भनेको छ “आठविसकोट नगरपालिका र यस अन्तरगतका निकायहरुद्वारा सार्वजनिक सेवा प्रवाहका क्रममा भए गरेका काम कार्वाही, प्रस्तावित नीति तथा कार्यक्रमहरु जस्ता विषयहरुमा अमर्यादित भाषामा टिका(टिप्पणी गर्ने, आन्तरिक विषयहरु परिपक्व नहुँदै सार्वजनिक गर्न ,नगरपालिकाको नीति तथा निर्णय विपरित भनाईहरु वालमा पोष्ट गर्ने, सार्वजनिक सेवामा आवद्ध व्यक्तीहरुको मानमर्दन हुने गरी टिका टिप्पणी गर्ने, पक्ष विपक्षमा विभाजित भई नगरपालिका र नगरपालिका मातहतका कर्मचारी तथा जनप्रतिनिधिहरुबाट सामाजिक सञ्जालमा अभिव्यक्ति गर्ने कार्यलाई निरुत्साहन गर्नु आवश्यक छ ।

सामाजिक सञ्जालमा आफ्नो सेवा वा पदीय आचरण विपरितका कार्यहरु कर्मचारी तथा शिक्षक एवम् अन्य सरोकार व्यक्तीहरुको मर्यादा अनुरुप बनाउन यसको दुरुपयोग नियन्त्रण गर्नु बान्छनीय भएकाले कार्यालयको नीति नियम तथा निर्देशन अनुसार कामकारवाही गर्नु गराउनु हुन सरोकारवाला सबैलाई अनुरोध गरिन्छ ” नगरपालिकाका निमित्त प्रमुख प्रशाशयिक अधिकृत रामबहादुर के.सीले व्यवस्थित र मर्यादित रुपमा प्रयोग गरियोस भन्ने उद्देश्यले कडाई गरिएको बताउनुभयो ।

सामाजिक संजालमा पनि जथाभावी लेख्ने, जे पायो त्यही पोष्ट गर्ने, आफ्नो घरको काम छाडेर भएपनि बेकामका कुराहरु पोष्ट गर्दै कुप्रचार गर्नेका लागी नगरपालिकाले राम्रो सुरुवात भएको स्थानीयले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्