जामैजाम प्रहरीको के काम



स्मार्ट प्रहरीको परिभाषा कसैले बुझेको भए त्यसका बारेमा जानकारी दिन धरहराले सार्वजनिक अपील गरेको छ। भत्किएको धरहरा पुनर्निमार्ण हुनथालेपछि गद्गद् भएको धरहराले यो स्मार्ट पुलिसिङको बारेमा कुनै ज्ञान हासिल गर्न नसकेपछि भने तीनछक परेको छ।

स्मार्ट पुलिसिङ भनेको सडकभरी सवारी साधन पार्किङ गर्न दिएर सडक सधैं जाम गर्ने रहेछ कि भन्ने निष्कर्षमा धरहरा पुगेको छ। राजधानीका सडक उस्तै धुलोले हिँडिसक्नु छैन त्यसमा पनि घन्टौं जाममा बस्नुपर्दाको पीडापछि बटुवाले स्मार्ट प्रहरीलाई धारेहात लगाएर गाली गरेको दृष्य भने सडक भरी हेर्न लायक छ।

सरकारले सडक बिस्तार गरेको ठाउँमा समेत जामले हैरानी पारेको छ। सडकका दायाँबायाँ सवारी साधन पार्किङ गरेका दृष्य बग्रेल्ती देख्दा पनि ट्राफिक प्रहरी भने सिठ्ठी फुक्ने तर सडक हडपेर पार्किङ गर्नेलाई कारबाही गरेको नदेखेपछि धरहरा भने स्मार्ट पुलिसिङले प्रहरीका कमान्डरलाई समेत कुरीकुरी गरेको हो कि भन्ने भ्रममा धरहरा छ। आगे जनता जनार्दनका मर्जी हजुर !

प्रतिक्रिया दिनुहोस्