एकसाथ ३ फिल्म



यो साता पनि देशभर एकसाथ ३ फिल्म रिलिज हँुदै छन्। आज शुक्रबार अभिनेता पुकार भट्टराई निर्देशित तथा निर्मित फिल्म गुनगुन, पुराना रंगकर्मी तथा अभिनेता सुरेश उप्रेतीको निर्देशनमा बनेको फिल्म दैलो र कुमार केसीको निर्देशनमा बनेको अनुग्रह एकैसाथ रिलिज हुन लागेका हुन्।

पुकार भटराईद्वारा लिखित तथा निर्देशित गुनगुन सामाजिक कथामा बनेको छ। प्राथना फिल्म्स्को प्रस्तुतिमा बनेको फिल्ममा सञ्चिता लुइँटेल, सुवास मेचे, पुकार भट्टराई, रवीन्द्रप्रताप सेन, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बाल्दिप राई, विपिन प्रसाईंलगायतको अभिनय रहेको छ भने सौरभ लामाको छायांकन, हिमाल केसीको द्वन्द्व र अर्जुन जिसीको सम्पादन रहेको छ।

त्यसै गरी अभिनेता सुरेश उप्रेतीको लेखन र निर्देशनमा सामाजिक कथावस्तुमा बनेको दैलोमा उनी स्वयं मुख्य अभिनेताको भूमिकामा छन् भने फिल्मको कथा, पटकथा र संवाद तथा एउटा गीत पनि उनकै रहेको छ।

फिल्ममा सुरेशको साथमा दुर्गा साउद, दीपक डोटेल, रगंकर्मी प्रदीप अधिकारी र दीक्षा आचार्य मुख्य भूमिकामा छन् भने उनीहरूको साथमा विकास चापागार्इं, सपना श्रेष्ठ, विराटनगरका रंगकर्मी जीवन लुइँटेल आदिको अभनिय रहेको छ। जमुनादेवी फिल्म्स प्रालिको ब्यानरबाट बनेको फिल्मका निर्माता अर्जुनकुमार उप्रेती र यशोदा उप्रेती रहेकी छिन्। फिल्ममा गीत सुरेश उपे्रती र विमल भट्टराईको रहेको छ भने संगीत लक्षुप्रताप मल्ल, कोरियोग्राफी कमल राई र गम्भीर विष्ट, छायांकन विमल भट्टराई र सम्पादन तारा थापा किम्भेको रहेको छ। कुमार केसीको निर्देशनमा बनेको अनुग्रहमा रोहन सेन्चुुरी, आरती गुप्ता, दीपशिखा सिलवाल, सञ्जय न्यौपाने, सुवास मेचे, राजन गिरीलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्