बुटवल बेलहिया सडक निर्माणमा कार्यरत सुपरभाईजरको रोलरले च्यापेर मृत्यु



यमलाल भुसाल, बुटवल ।
ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया बुटवलको निर्माणमा सम्लग्न एक प्राबिधिकको दुर्घटनामा ज्यान गएको छ ।
उक्त आयोजनाका ठेकेदार कम्पनी टेलिकम ईण्डीया लिमिटेडमा सुपरभाईजर पदमा कार्यरत पाल्पाका प्रबिण पाण्डेको ज्यान गएको हो ।
उक्त कम्पनीमा कार्यरत पाण्डे विहिवार साँझ करिव सवा ६ बजे तिलोत्तमा नगरपालिका मणिग्राम नजिकै सडकमा लगाई रहेको रोलरमा च्यापिएका थिए ।

बेलवास बेथरी सडक आयोजनाको निर्माण कम्पनीमा सुपरभाईजर पदमा कार्यरत पाण्डे करिव २ महिना अघि ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया बुटवलमा आएका थिए ।

आयोजनाका ईन्जिनीयर महेश्वर लम्सालले उक्त घटनाको पुष्टि गर्दै सांझको बेला रोलर अगाडी पुगेका पाण्डेलाई चालकले नदेखेका कारण दुर्घटना भएको हुन सक्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्