समाचारपत्रकर्मीलाई सम्मान तथा पुरस्कार



नेपाल समाचारपत्र, खोटाङ ।
खोटाङमा नेपाल समाचारपत्रकर्मी पत्रकार रामधन राईलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पत्रकारिताको क्षेत्रवाट उल्लेखनीय अर्थात अविस्मरणीय योगदान पु¥याएको भन्दै वालाजित वसन्लक्ष्मी राई स्मृति प्रतिष्ठानले राईलाई नगद १५ हजार रुपैंयाँ तथा ताम्रापत्रले सम्मान गरेको हो ।

२०७२ सालमा स्थापित उक्त प्रतिष्ठानले मंगलवार पुरस्कार समर्पण समारोहको आयोजना गरी पत्रकार राईलाई उक्त पुरस्कार तथा सम्मान प्रदान गरेको हो । नेपाल पत्रकार महासंघ खोटाङको उपाध्यक्ष रहेको राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङको अध्यक्ष, किरात राई पत्रकार संघको केन्द्रीय सदस्य लगायतमा समेत क्रियाशील रहेका छन् ।

प्रतिष्ठानले हरेक स्थापना दिवसको अवसरमा नेपाली कला, साहित्य, संस्कृति, पत्रकारिता, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा योगदान पु¥याउने जिल्लाका एक जनालाई उक्त पुरस्कार प्रदान गर्ने गरेको अध्यक्ष ऋषिधन राईले वताउनुभयो ।

पुर्खाको नाममा सोही स्थानको जितेन्द्र राई लगायतका सन्तानहरुले स्थापना गरेको पुरस्कारको गत वर्षको संस्करणमा कला–साहित्य विधावाट कवि चन्द्र रानोहँछालाई प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्