एम्बुलेन्सको ठक्करबाट बालकको ज्यान गयो



विमल बिष्ट, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका–४, पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर बिष्टले दिनु भएको जानकारी अनुसार डोटीको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा सोही अस्पतालका निर्देशक आईजंग कुँवरका ८ वर्षीय छोरा ईशान कुँवरको ज्यान गएको हो ।

मंगलबार साँझ एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते भएका ईशानको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा कैलालीमा ज्यान गएको शैलेश्वरी अस्पतालका डाक्टर राजेश बाहुँने बताउनु भयो ।

एम्बुलेन्स ब्याक गर्ने क्रममा बालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्देशक कुँवरका छोराको ज्यान गएपछि अहिले दिपायल पिपल्लामा रहेको शैलेस्वरी अस्पताल बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्