दीपिका र रणवीर इटलीमा बिहे गर्दै



बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह आफ्नो विवाहका लागि इटली पुगेका छन्।

लामो समयदेखि प्रेममा रहेको यो जोडीको विवाह आज बुधबार र भोलि बिहीबार सम्पन्न हुनेछ। बलिउड सेलिब्रिटीहरू यस विवाहलाई लिएर उत्साहित छन् भने यस विवाहमा दीपिका–रणवीरको परिवार र नजिकका आफन्त मात्रै इटली पुग्नेछन्। रणवीर सिंह र दीपिका पादुकोणको बिहे इटालीको लेक कोमोस्थित होटलमा सम्पन्न हुँदै छ। रणवीर सिंहभन्दा अघि दीपिका रणवीर कपुरसँग प्रेममा थिइन्।

प्रतिक्रिया दिनुहोस्