टिजरमा जात्रै जात्रा



जात्रा निर्देशक प्रदीप भट्टरँईको लेखन तथा निर्देशनमा निर्माणाधीन फिल्म जात्रै जात्राको टिजर सार्वजनिक गरिएको छ। यसको टिजरलाई दर्शकले रुचाएका छन्।

केही दिनअघि रिलिज भएको टिजर युट्युबमा ट्रेन्डिङमा आएको छ भने यसमा समावेश संवादले चर्चा पाइरहेको छ। गत वर्षको सुपरहिट फिल्म जात्राको सिक्वेल जात्रै जात्राको टिजरमा फिल्मका मुख्य तीन कलाकार विपीन कार्की, रवीन्द्र झा र रवीन्द्र सिंह बानियाँ फिचर्ड छन् भने कलाकार दयाहाङ राई पनि देखिएका छन्। टिजरमा नायिका वर्षा राउत भने देखिएकी छैनन्। यति बेला छायांकनमा रहेको फिल्म फागुन १७ गते रिलिज गरिने जनाइएको छ।

फिल्मका अन्य कलाकारमा राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कवीन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा, अरविन खड्कालगायत रहेका छन्। रवीन्द्र सिंह बानियाँ, सिंगे लामा र यादव पौडेलले निर्माण गरिरहेको फिल्ममा द्वन्द्व शंकर महर्जन, संगीत कालीप्रसाद बास्कोटा, राजनराज सिवकोटी र कृष्ण भारद्वाजको रहेको छ।

प्रतिक्रिया दिनुहोस्