मेसीलाई अलफ्रेडो र पिचिची अवार्ड



लन्डन, (एजेन्सी)
बार्सिलोनाका कप्तान लियोनल मेसीले अलफ्रेडो डि स्टेफानो र पिचिची अवार्ड जितेका छन् ।

स्पेनिस पत्रिका मार्काले सोमबार आयोजित एक कार्यक्रमकाबीच मेसीलाई अवार्ड प्रदान गरेको हो ।

मेसीले ला लिगामा गत सिजन उत्कृष्ट खेलाडी बन्दै अलफ्रेडो डि स्टेफानो र सर्वाधिक गोल गर्दै पिचिची अवार्ड पनि जितेका हुन् । मेसीले पछिल्लो १० बर्षमा पाँचौ पटक पिचिची अवार्ड हात पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्