मुख्य मन्त्रीसँगको जिज्ञासा



मुख्य मन्त्रीको नयाँ धन्धा शुरु भएको धरहराले नियाली रहेको छ । प्रदेश ३ भर्सेस प्रदेश ७ अर्थात् सुदूरपश्चिम प्रदेशमा दुई मन्त्रीलाई चुर्लुम्मै पारिदिए डोरमणि र त्रिलोचनले । कानुनबमोजिम जागिर चट गराइदिएपछि केशव स्थापित र दीर्घबहादुर सोडारी बेरोजगार बनेका छन् ।

सुदूरपश्चिम प्रदेशमा त नयाँ मन्त्री कृष्णराज सुवेदीले हत्तपत्त शपथ खान भ्याए । मन्त्रीहरु जनप्रतिनिधिका हैसियतले कामभन्दा पनि ठेक्कापट्टा, ठूला गफगाफ, पजेरो चढेर रिबन काट्नमै व्यस्त छन् । केन्द्र सरकारले काम नगर्ने मन्त्रीलाई हटाउने योजना बनाइरहँदा प्रदेशका मुख्य मन्त्रीले हटाएरै संघ सरकारलाई तीनछक पारिदिए ।

अब मुख्य मन्त्रीको काम विकास, समृद्धिभन्दा पनि जागिर थमाउने र हटाउनेतिर केन्द्रित त भएन भन्ने धरहराले शंका गर्न थालेको छ । यदि काम नगरेरै हटाएको हो भने काम गर्नेलाई रोजेर जनताको मन खुसी पारी दिनुप¥यो । होइन यही तरिका हो भने कतै मुख्य मन्त्रीको पनि जागिर चट गर्देलान् नि नागरिकले धरहराको जिज्ञासा ?

प्रतिक्रिया दिनुहोस्