पानी सोस्ने ब्लकको उत्पादन गरिँदै



नेपाल समाचारपत्र, काठमाडौं
सडक छेउको पेटी तथा खुला कम्पाउन्डमा छाप्ने पानी सोस्ने ब्लकको उत्पादन हुने भएको छ । गोर्खा इको प्यानलअन्तर्गतको गोर्खा प्रिकाष्ट एन्ड विण्डोर प्रालिले यस्तो ब्लकको उत्पादन थाल्न लागेको हो ।

हाल पेटी तथा खुला कम्पान्डमा प्रयोग भइराखेका ब्लकले पानी सोस्ने क्षमता राख्दैनन् । तिनीहरुको कापबाट निश्चित मात्रामा मात्रै पानी सोसेर जमिनमुनि जाने गर्दछन् । तर, उत्पादन गर्न लागिएको यो ब्लकले आकाशे पानीलाई पँरै सहतबाटै आफैंले पानी सोसेर सीधैं जमिनमुनि पठाउने क्षमता राख्ने कम्पनीको दाबी छ ।

यसबाट पानी पुनर्भरण (ग्राण्ड वाटर रिचार्जिंङ) नहुने समस्या केही हदसम्म कम हुने कम्पनीको भनाइ छ । काठमाडौंका सडकमा कालोपत्रे भई वर्षाको पानी पुनर्भरण हुन नपाउँदा उपत्यकामा वर्षेनी पानीको सतह गहिरिँदै गएको छ । बढ्दो शहरीकरणसँंगै त्यहाँ प्रयोग भएका कंक्रिटले आकाशे पानी जमिनमुनि जान पाएको छैन । आकाशे पानी ढल हुँंदै खोलाबाट समुद्रमा जाने गर्दा विगतका वर्षमा काठमाडौं उपत्यकाका इनारहरु सुक्दै जानुका साथै बोरिङको पानी धेरै गहिराइमा पुगेको हो ।

गोर्खा प्रिकाष्ट एन्ड विण्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर राजन दुवालले दुई महिनाभित्र उत्पादन थाल्ने योजना रहेको जानकारी दिनुभयो

ब्लक ग्राहकको चाहना अनुरुप ३५ टन क्षमता भारबहन गर्न सक्ने मोटाई र स्टे«न्थ हुने कम्पनीले जनाएको छ । त्यस्तै६० एमएमदेखि एक सय एमएमसम्ममा पाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्