पदमार्ग बचाउन ३० वर्षसम्म सडक नखनिने



नेपाल समाचारपत्र, पर्वत
अन्नपँर्ण पदमार्गका धेरै स्थानमा सडक पुगेपछि धुलो उड्दा पर्यटकहरु नाक थुनेर यात्रा गर्दै आएका छन । तर, अन्नपँर्ण पदमार्गमा पर्ने झिनुदेखि अन्नपँर्ण आधार शिविरसम्मको पदमार्गलाई जोगाई राख्न स्थानीयबासीले ३० वर्षसम्म सडक नखन्ने प्रतिबद्धता जनाएका छन ।

अन्नपँर्ण संरक्षण क्षेत्रमा पर्ने कास्कीको अन्नपँर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने झिनुडाँडादेखि अन्नपँर्ण बेस क्याम्प सम्मको पदमार्गलाई बचाउन स्थानीयले ३० वर्षसम्म सडक नखन्ने प्रतिबद्धता जनाएका हुन् । झिनुडाँडादेखि अन्नपँर्ण बेस क्याम्प सम्मको पदायात्रा दुईदेखि तीन दिनसम्ममा पुग्ने र त्यति नै समय लगाएर सोही बाटो फर्किन सकिन्छ ।

‘विश्वकै उत्कृष्ट पदमार्गलाई बचाई राख्नुपर्छ भनेर ३० वर्ष सडक नखन्ने निर्णय स्थानीयस्तरमा भएको छ,’ अन्नपँर्ण गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष तथा पर्यटन व्यवसायी हिमबहादुर गुरुङ भन्नु हुन्छ–‘हामीले पदमार्ग नबचाउने हो भने यस क्षेत्रको पर्यटन व्यवसाय ध्वस्त हुने देखेपछि सडक नखन्ने निधोमा पुगेका हांै’ शुरुमा पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि नै शुरु हुने यो पदमार्गमा पर्ने घान्द्रुक उरी गाउँसम्म सडक पुगेको छ ।

त्यसलाई झिनुडाँडाको फेदसम्म बाहेक माथिल्लो क्षेत्रमा नलैजान सबै स्थानीय सहमत भएको अध्यक्ष गुरुङ बताउँछन् ।

मोदीखोलामा जलविद्युत् आयोजना बनाउने प्रवद्र्धकले लोभलालच समेत देखाएर माथिल्लो क्षेत्रमा सडक लैजाने प्रयास गर्दै आएका छन् । छोम्रोङ्गभन्दा माथिल्लो क्षेत्रमा सडक पु¥याउन सके सुपर मोदी जलविद्युत् आयोजनाले १ सय १० मेगावाटसम्म विद्युत् उत्पादन गर्न सक्छ । तर, त्यसभन्दा तलबाट आयोजना बनाएमा ७० मेगावाटसम्म विद्युत् उत्पादन हुन सक्ने बताइन्छ ।

“सडक खन्नका लागि माथिल्लो तहबाट राजनैतिक दबाब दिने र आर्थिक प्रलोभन देखाउने काम पनि भएको छ,’ अध्यक्ष गुरुङ्ग भन्नुहुन्छ–‘हामी पदमार्ग बचाउन कसैको दबाब र प्रभाबमा पर्नेवाला छैनौ’

झिनुदेखि छोम्रोङ हुँदै माछापुच्छे« आधारशिविर र अन्नपँर्ण आधारशिविरसम्म ५१ वटा होटल सञ्चालनमा छन् । यो रुटमा वर्षमा ३५ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गर्दै आएका छन् भने त्यति नै संख्यामा नेपाली पनि पुग्ने गरेका छन् । झिनुडाँडादेखि माथिल्लो क्षेत्रमा सडक पु¥याउँदा अन्नपँर्ण आधारशिविर जाने पर्यटक आउन छाड्ने देखेर ३० वर्ष सडक नबनाउने निर्णयमा पुगेको छोम्रुङ पर्यटन व्यवस्थापन समितिका पँर्व अध्यक्ष इन्द्रमणि शर्मा आचार्यले बताउनुभयो ।

‘हामी व्यवसायीले नै मोटरबाटो लैजाने कुराको प्रतिबाद गर्छौ’ उहाँले भन्नुभयो–‘कुनै पनि पनि हालतमा पदमार्ग ध्वस्त बनाउने कुरामा साक्षी बस्दैनौं ।’

अन्नपँर्ण पदयात्रा मार्गमा पर्ने लमजुङको बेसीशहरदेखि मनाङसम्म सडक पुगेको छ भने मुस्ताङको मुक्तिनाथसम्मै सडक पुगेको छ । मुलुकका अन्य पदयात्रा मार्गमा पनि जथाभावी रुपमा सडक खनेपछि पदयात्रा मार्ग छोट्टिदै गएका छन् भने धेरै पदमार्गको अस्तित्व नै समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्