यौन उत्पिडन मामिलामा फेसबुकको नयाँ निति



सानफ्रान्सिस्को (एजेन्सी)
फेसबुकले आफनो कार्यालय भित्र डेटिंग नितिमा परिवर्तन गरेको घोषणा गरेको छ । उक्त निति अन्तर्गत अब निर्देशक वा त्यो भन्दा माथिल्लो स्तरका कुनै पनि ब्यक्तीको अन्य कुनै कर्मचारीसँगको रोमान्टिक सम्बन्धको खुलासा गर्नु पर्ने भएको छ । यदि ती कर्मचारी सिधै उसको मातहतमा काम गर्दैन भने पनि त्यसको जानकारी दिनु पर्ने उल्लेख गरिएको छ ।

गुगलको नितिलाई अनुसरण गर्दै फेसबुकले यौन उत्पिडनसँग जोडिएका मामिलालाई लिएर आफनो नितिमा परिवर्तन गरेको हो । कुनै कर्मचारीद्वारा कुनै अन्य कर्मचारीमाथि यस प्रकारको आरोपको मामिलामा कम्पनीबाट मध्यस्थतालाई वैकल्पिक बनाएको द वाल स्ट्रिट जर्नलले जनाएको छ ।

नयाँ निति अनुसार अब फेसबुकका कर्मचारीले चाहेमा यौन प्रताडनको मामिलालाई कम्पनीमा उजुरी गर्नु सट्टा सिधै अदालती कारवाही गर्न सक्छ ।
यसअघि गुगलले पनि विहिबार यौन उत्पिडन र यौन प्रताडनाको मामिलामा कर्मचारीहरुका लागि कम्पनीको मध्यस्थता वैकल्पिक हुने र सिधै अदालती कारवाही गर्न सक्ने घोषणा गरेको थियो ।

यसबीच फेसबुकले एक भिडियो एप लासो लन्च गरेको छ । उक्त ऐपमा थुप्रै फेस फिल्टर्स र इफेक्टस् समावेस गरिएको छ । यसबाट भिडियोलाई थप रमाइलो, पृथक र उत्कृष्ट बनाएर त्यसलाई साझा गर्न सक्छ । फेसबुकको नयाँ भिडियो ऐप लासो अब अमेरिकामा उपलब्ध रहेको कम्पनीका प्रडक्ट म्यानजर एन्डी हुआंगले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्