स्वास्थ्य मन्त्रालयमा डा सुशिलनाथ प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी



डा.चौधरीलाई मन्त्री परिषद्को कार्यालयमा सरुवा गर्ने निर्णयपछि स्वास्थ्य मन्त्रालयमा खाली हुन आएको सचिव पदमा कात्तिक २५ गते आइतबारबाट कानूनी रुपमा लागु हुने गरि मन्त्री स्तरिय निर्णयका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ ।

डा. प्याकुरेलले २५ गते आइतबार मन्त्री स्तरिय निर्णयको पत्र बुझि कार्यभार सम्हाल्नुभएको छ । डा.प्याकुरेललाई दिईएको पत्रमा मन्त्रीपरिषदले अर्को व्यवस्था नगरेसम्म प्रशासनिक अधिकारसहित निमित्त सचिवका रुपमा कामकाज गर्न उल्लेख गरिएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभसाइडमा डा.प्याकुरेलको फोटो राखिएपनि उहाँको व्यक्तिगत विवरण भने राखिएको छैन । यता मन्त्री यादव भने निमित्त सचिवको जिम्मेवारी डा.प्याकुरेललाई दिए लगत्तै आइतबारै कतार उड्नुभएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्