तेक्वान्दो प्रशिक्षक रञ्जित निर्दोष



काठमाडौं, (नेस)
यौन दुवर््यबहारको आरोपमा लागेका ५१ बर्षिय तेक्वान्दो प्रशिक्षक सुद्धोधन मान रञ्जितलाई अमेरिकाको एक अदालतले सो आरोपको मामिलामा निर्दोष ठहर गरेको छ ।

अमेरिकाको ओरेगन राज्यको वाशिंगटन काउन्टीको बिभर्टन शहरमा उनीमाथि १५ वटा यौन दुब्र्यवहारको आरोप लागेको थियो । ती मध्ये १२ वटा प्रथम र ३ वटा द्वितीय श्रेणीका यौन दुर्ब्यवहारको आरोप लागेका थिए । वाशिंगटन काउन्टीका प्रहरीले गत बर्ष नोभेम्बरमा उनलाई पक्राउ गरि कारागार समेत पु¥याएका थिए । तर गएको अक्टोबर २६ तारिखका दिन उनीमाथि लगाइएका यौन दुब्र्यवहारको आरोप सत्य नभएको समाचार स्थानीय केपीटिभीले उल्लेख गरेको थियो ।

उनीमाथि गत बर्ष उनकै तेक्वान्दो प्रशिक्षण केन्द्रमा विभिन्न बालबालिकालाई यौन दुर्ब्यबहार गरेको प्रमाण समेत पाएको भनिएको थियो । तर गत शुक्रबार प्रथम र दोस्रो श्रेणीका दुई–दुई वटा अभियोगबाट उनी दोष मुक्त भएका छन् ।

उनी ओरेगनस्थित नेपाली एसोसिएसन अफ ओरेगनका पूर्व अध्यक्ष समेत हुन् । गत बर्ष नोभेम्बरमा उनलाई १४ बर्ष मुनिका ३ जना किशोरीहरुलाई अनुचित रुपमा छोएको भनेर यौन दुब्र्यवहारको आरोप लगाइएको थियो । त्यसै गरि गत मार्च २०१८ मा पनि उनी दुई जना किशोरीमाथि यौन दुब्र्यवहारको गरेको आरोपमा मुछिएका थिए ।

प्रतिक्रिया दिनुहोस्