अमेरिकाद्वारा रोहिंग्या सरणार्थीको सम्मानजनक फिर्ता हुनु पर्ने माग



वासिङटन (एजेन्सी)
अमेरिकाले बंगलादेशबाट रोहिंग्या सरणार्थी म्यान्मारमा स्वेच्छिक र सम्मानजनक फिर्ता हुनु पर्ने माग गरेको छ । साथै ढाकालेसरणार्थीका लागि सम्पुर्ण गतिविधि गर्न पाउने स्वतन्त्रता र उनीहरुलाई सिविरहरुमा मात्र सिमित नगर्नेसुनिश्चित गर्नु पर्ने वासिंगटनले जनाएको छ ।
बंगलादेश र म्यान्मार बीच विगतका महिनामा लाखौं रोहिंग्या मुस्लिमलाई मध्य नोभेम्बरमा देश फिर्ता गर्ने सहमति भएको थियो । ती रोहिंग्या सरणार्थी म्यान्मारमा सेनाले चलाएको अभियानपछि देश छोडेर बंगलादेश पलायन भएका थिए ।

सम्झौता अनुसार पहिलो समुहमा बंगलादेशबाट २ हजार रोहिंग्या मुसलमान म्यान्मार जानेछन् । त्यसपछि अर्को समुह प्रस्थान गर्नेछ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तीमा दुबै देशका सरकारका उच्च स्तरका अधिकारीहरुलाई समय अगाडी फिर्ता गर्ने विषयमा आफनो गम्भिर चिन्ताका बारे अवगत गराएको उल्लेख गरेको छ । अन्तराष्ट्रिय प्रचलन अनुसार स्वेच्छिक, सुरक्षित र सम्मानित तरिकाबाट सरणार्थी फिर्ता हुन पर्ने जोड दिइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

म्यान्मार फिर्तापछि उनीहरुलाई सम्पुण गतिविधि गर्न स्वतन्त्र हुनु पर्ने र उनीहरु सिविरमै सिमित हुन नहुनेमा पनि जोड दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले संयुक्त राष्ट्रको सरणार्थी मामिला हेर्ने उच्च आयुक्त (युएनएचसीआर)ले दिएको प्रतिवेदन प्रति पनि आफनो सहमति रहेको जनाएको छ । उक्त प्रतिवेदनमा रोहिंँग्या सरणार्थीको फिर्ताका लागि म्यान्मारमा स्थिति अझै अनुकुल नभएको उल्लेख गरिएको थियो ।

सन् २०१७ मा रखाइन प्रान्तमा सक्रिय मुस्लिम लडाकु समुह अर्साका लडाकुहरुले प्रहरी चौकीहरुमाथि आक्रमण गरेपछि त्यहाँका रोहिंग्या मुसलमानको संकट गहिरिएको हो ।
त्यसपछि मात्र म्यान्मार सुरक्षा बलले थालेको कारवाहीका कारण करिब एक महिना मै लाखौं रोहिंग्या मुसलमान बंगलादेश पलायन हुन बाध्य भएको हो । बंगलादेशमा हाल करिब ८ लाख रोहिँग्या मुसलमान सरणार्थीका रुपमा रहेका छन् ।

संयुक्त राष्ट्रको एक प्रतिवेदनमा म्यान्मारको सुरक्षा बलले रोहिंग्या मुसलमान विरुद्ध ब्यापक नरसंहार र सामुहिक बलात्कार गरेको उल्लेख गएिको थियो । उक्त प्रतिवेदनमा म्यान्मार सुरक्षा बलको कारवाहीलाई मानवता विरुद्धको अपराध भएको आरोप लगाइएाको छ ।

सन् २०१७ मा एक अज्ञात स्थानमा रोयटर्सलाई दिएको अन्तरवार्तामा अर्साका नेता अताउल्लाहले उनको लडाई म्यान्मारका बौद्ध बहुमतको दमन विरुद्ध भएको बताएका थिए । म्यान्मारकी नेतृ आंग सान सुकीले उनीहरुलाई बचाउने कुनै प्रभावकारी कदम नउठाएसम्म लडाई जारी रहने बताएका थिए । यस लडाईमा लाखौंले ज्यान गुमाउनु परेपनि नरोकिने उनले चेतावनी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्