पत्रकार हिरासतमा



कराची (एजेन्सी)
पाकिस्तानमा एक वरिष्ठ पत्रकारलाई सुरक्षाकर्मीरुले हिरासतमा लिएको बताइएको छ । डनले दिएको समाचारमा उर्दु दैनिक ‘नई बात‘का पत्रकार नसरुल्ला खान चौधरीलाई शनिबार सुरक्षाकर्मीहरुले हिरासतमा लिएको उल्लेख गरिएको छ । यसअघि उनको घरमा छापा मारिएको थियो । पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्ट्स (पीएफयुजे) र कराची युनियन अफ जर्नालिस्ट्स (केयुजे)ले चौधरी कहाँ छन् भन्ने विषयमा थाहा नभएको जनाएका छन् । ती दुबै संगठनका सदस्यले चौधरीको अवैध हिरासतलाई लिएर चिन्ता प्रकट गरेका छन र यसलाई संचार स्वतन्त्रतामाथिको आक्रमण बताएकाछन् ।

 

प्रतिक्रिया दिनुहोस्