देशभरका १ सय ७८नदि तलाउ सफाई



काठमाडौं(नेस) । छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालले देशभरका १ सय ७८नदि तलाउ तथा मठमन्दिर सरसफाई गरेको छ ।
सो पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुबाट व्रतालु भक्तजनहरुलाई सघाउ पु¥याउन गरिएको उक्त सरसफाईमा कुल २ हजार ३ सय ५३ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका थिए ।

जसमध्ये काठमाडौं उपत्यकामा मात्रै विभिन्न १२ स्थानमा सरसफाई गरिएको छ भने १ नम्बर प्रदेशमा २० तथा २ नम्बर प्रदेशमा ८८ र ३ नम्बर प्रदेशमा ७ स्थानमा सरसफाई गरिएको छ ।

 

यसैगरी ४ नम्बर प्रदेशमा १५ तथा ५ नम्बर प्रदेशमा २६ र ६ नम्बर प्रदेशमा ७ तथा ७ नम्बर प्रदेशमा ३ ठाउँमा रहेका नदि तलाउ तथा मठमन्दिरहरुमा सरसफाई गरिएको छ ।

स्थानीय व्रतालु भक्तजनहरुले व्रतका अवसरमा प्रयोग गर्ने नदि तलाउ तथा मठमन्दिरहरुमा सरसफाई गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्