शनिबारे साँझ



हुन त नेपालीको महान् चाड बडादशैं र शुभ दीपावली सकिएर होला काठमाडौं उपत्यकाभित्र शनिबार सँँझ ८ बजे नै सडक सुनसान देखियो। अरू बेला साँझ ८ बजेदेखि मापसे चेकजाँचमा व्यस्त देखिने प्रहरी यतिबेला चाडपर्व सकिएलगत्तै हराउन थालेको अनुभूति भएको छ।

के भएछ भनी धरहराले यसो दृष्टि गोचर लगाएको गजब देख्यो। चाडपर्वका बेलामा पो त यसो जालमा पारेर बीचमा लखेटीलखेटी भए पनि टुच्च लगाएर सवारी चलाउनेलाई कारबाही गर्न पाइन्थ्यो। चाडपर्व सकिएपछि त्यो सधैं हुने कुरो पनि भएन अनि किन चिसो खाएर बस्नु भन्या, हात लाग्ने केही होइन।

यस्तै सोचेर हो कि क्या हो ठूलाठूला प्रहरीका हाकिम सापहरु आफैं बसेर टुच्च लगाउँदै कौडा हान्या धरहराले सुइको पायो। अनि यही मौकामा बाँकी तल्ला दर्जाका प्रहरी मात्र किन बस्थे र सडकमा जाडो खाएर। ठूलालाई जाँड सानालाई जाडो।

यति जुवाडे पक्रिए, यति लाखसहित समातिए भनेर साना माछा समात्ने प्रक्रिया पुरानै रोग हो। ठूला माछा त ठूलैको हातमा पर्छन्, सानाका हातमा पर्ने सानै माछा हुन्। त्यही भएर पनि होला सबै व्यस्त भएका। कोही खेल्नमा कोही समात्नमा। अनि सडकमा कसले गरोस् ड्युटी, फेरि शनिबार।

प्रतिक्रिया दिनुहोस्