हिंस्रक युवक



अमृतसर, (एजेन्सी)
भारतको अमृतसरबाट टाटानगर गइरहेको जलियांवाला बाग एक्सप्रेसमा चुरोट नपिउन भन्न गएकी एक महिलाको घाँटी थिचेर हत्या भएको छ। एक युवकले कम्पार्टमेन्टमा चुरोट पिउन थालेपछि महिलाले आपत्ती जनाउँदै रोक्न खोजेकी थिइन्। त्यसपछि युवकले महिलालाई कुटपिट गरेको र भुइँमा लडेकी ती महिलाको घाँटी खुट्टाले थिचेका थिए।

उनी बिहारको रोहतास जिल्लाका चिन्तादेवी पंजाबमा परिवारसहित एक कारखानामा काम गर्थिन्। छठ पूजाका लागि उनी गाउँ फर्किरहेकी थिइन्। बीचमै रेल रोकी अस्पताल पुर्याएकी ती महिलालाई त्यहाँ मृत घोषित गरिएको थियो। सुरक्षाकर्मीले आरोपित युवकलाई जेल पठाएको छ।

प्रतिक्रिया दिनुहोस्