दुर्घटनामा तीनको मृत्यु



उदयपुर, (नेस)
उदयपुरको वेलका नगरपालिका–८ मा आइतबार साँझ ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।

वनभोज खाएर फर्कंदै गरेको स१त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ३५ भन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

दुर्घटनामा परी मर्नेहरूमा इन्द्र चौधरी, दीपिका चौधरी र विनिता चौधरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्