भारतका संसदीय कार्य मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन



काठमाडौं ।
भारतका संसदीय कार्य मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित मन्त्री अनन्तकुमारको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको मृत्युमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै अनन्त कुमारले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको ठूलो पूँजी रहेको बताए । अनन्त कुमार सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री थिए । सन् २०१६ मा संसदीय मामिला मन्त्री पनि बने । उनी १९९६ मा बैंगलुरु दक्षिणबाट लोकसभा सदस्य बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्