क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्यो



एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित एक रात्रीकालिन बारमा अन्धाधुन्ध गोली प्रहार गर्ने आक्रमणकारी र प्रहरीबीच भिडन्त भएको छ ।

गोली प्रहारबाट एक अधिकृत सहित ६ जना घाईते भएको प्रहरीले जनाएको छ । कलेज कन्ट्री सांगीतिक साँझ भईरहेको सो बारमा स्थानीय समयानुसार राति ११ बजेर २० मिनेट जाँदा एक्कासी गोली प्रहार भएको थियो ।

आक्रमणकारीले ग्रिनेट प्रयोग गर्नुका साथै गोली समेत प्रहार गरेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै बीबीसीले उल्लेख गरेको छ । घटनाबारे बाँकी विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्