उत्तर कोरियासँगको उच्चस्तरीय वार्ता एक्कासी स्थगित



North Korea’s leader Kim Jong Un (L) shakes hands with US President Donald Trump (R) after taking part in a signing ceremony at the end of their historic US-North Korea summit, at the Capella Hotel on Sentosa island in Singapore on June 12, 2018. Donald Trump and Kim Jong Un became on June 12 the first sitting US and North Korean leaders to meet, shake hands and negotiate to end a decades-old nuclear stand-off. / AFP PHOTO / POOL / Anthony WALLACE

वासिङटन । अमेरिकी विदेशमन्त्रालयले एक उत्तर कोरियाली उच्च अधिकारीसँग न्यूयोर्कमा भेट हुने गरी तय भएको अमेरिकी राष्ट्रपतिको भेटवार्ताको कार्यक्रम एक्कासी रोकिएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्च अधिकारीसहितको एक प्रतिनिधिमण्डलसँग कात्तिक २२ गते बिहीबार हुनेगरी बनाइएको कार्यक्रम तत्कालका लागि रोकिएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिदर नौएटले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपतिसँगको भेटवार्ता छिट्टै तर अर्को मितिमा हुनेगरी सरेको विदेश मन्त्री माइक पोम्पेओले जनाए ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेटवार्ताको मिति सर्नुको कारण खुलाइएको छैन ।

यद्यपि अमेरिकाले उत्तर कोरियालाई प्रतिबन्ध हटाउनुपर्ने माग अघि सारेकाले भेटवार्ता तत्कालका लागि हुने सम्भावना नदेखिएको विदेश मन्त्रालय सम्बद्ध केही अधिकारीले नाम नखुलाउने शर्तमा बताए ।

अमेरिकी विदेश मन्त्रालयले एकदिन पहिले उत्तर कोरियाली नेता किम जोङ अनको दायाँ हात मानिने किम योङ चोलसँग भेट्ने जानकारी गराएको थियो तर कात्तिक २१ गते बुधबार एकाएक उक्त भेटवार्ताको कार्यक्रम रद्द भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्