अमेरिकामा ट्रम्पलाई धक्का



काठमाडाैं ।

अमेरिकाको मध्यावधिक चुनावमा तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा डेमोक्रेटिक पार्टीले बहुमत प्राप्त गरेको छ । माथिल्लो सदन सिनेटमा भने राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकन पार्टीले बहुमत कायम गर्न पुनः सफल भएको छ । तल्लो सदनमा पनि रिपब्लिकन नै अघि रहेकोमा त्यसलाई उल्ट्याउँदै डेमोक्र्या्टिक पार्टीले बहुमत ल्याएको हो ।

 

तल्लो सदनका ४३५ सिटका लागि भएको मतदानमा डेमोक्रेटिक पार्टीले बहुमतका लागि चाहिने २१८ सिटमा जित दर्ता गरिसकेको छ ।माथिल्लो सदनमा पनि नियन्त्रण कायम गर्ने अपेक्षा गरिएकोमा महत्वपूर्ण सिट गुमाएपछि रिपब्लिकन अघि लागेको हो ।

 

सिनेटमा बहुमतका लागि आवश्यक ५१ सिट जितिसकेको छ । तल्लो सदनमा भने डेमोक्र्या्टिक पार्टी ८ वर्षपछि पुनः आफ्नो पकड कायम गर्न सफल भएको हो । डेमोक्रेटिक पार्टीकी नेतृ न्यान्सी पेलोसी तल्लो सदनको सभामुख बन्ने पक्का भएको छ ।अमेरिकाको तल्लो सदनको इतिहासमा  पहिलो महिला सभामुख बनेकी उनी फेरि उनी सभामुख बन्दै छिन् ।

 

सन् २०१६ मा भएको राष्ट्रपति चुनावपछिको भएको पहिलो चुनावमा डेमोक्रेटिक पार्टीले राम्रो प्रदर्शन गरेको हो । यो चुनावमा महिला प्रतिनिधिहरु बढी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्