ठूलो परिमाणमा लागु औषध सहित पक्राउ



पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले ठूलो परिमाणमा लागुऔषध सहित २ युवालाई पक्राउ गरेको छ । प्रहरीले कुश्मा नगरपालिका ६ कुस्माबजारको गोविन्द पथमा बस्दै आएका दिनेश पुनको कोठाबाट सोमबार लागु औषध बरामद गरेको हो ।

प्रहरीले मोदी गाउँपालिका वडा नं. ४ क्याङ घर भई हाल कुश्माबजारमा बस्दै आएका २२ बर्षिय दिनेश पुनको कोठाबाट विभिन्न प्रकारका १ सय २२ थान लागु औषध र गाँजा चरेस बरामद गरेको जनाएको छ । साथै प्रहरीले १९ बर्षिय युवा सुरज पुनलाई समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले दिएको जानकारी अनुसार पुनको कोठाबाट नरफिन ३५ एम्पुल, फेनेरागन ४४ एम्पुल, डाइजेपाम ३९ एम्पुल, कालजेसिक ४ एम्पुल र नगद १६ हजार ३ सय ३५ रुपैँया बरामद गरेको हो । उनीहरुको साथबाट प्रहरीले केही मात्रामा गाँजा र चरेस पनि बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई लागु औषध ओसारपसार ऐन अन्तर्गत कार्बाही पक्रिया अघि बढाइने प्रहरी निरिक्षक रायमाझीले जानकारी दिए ।
समाप्त कार्तिक २०

खेरो हेरोइन सहित दुइ युवा पक्राउ
यसैबीच पाल्पाको दक्षिण भेगमा पर्ने माथागढी गाउ पालिकाको कसेनीबाट प्रहरीले लागू ओैषध खैरो हेरोइन सहित दुइ युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा माथागढी गाउँपािलका वडा नं.३ सराइ बस्ने बर्ष ४४ का रवि काफ्ले र सोही ठाउका बर्ष ३२ का तुल बहादुर राना छन ।

अभियुक्त काफ्ले र रानाले लागु औषध ओसार पसार तथा कारोबार गरको भन्ने जानकारी आधारमा खोजतलास गर्दा माथागढी गाउँपािलका वडा नं. ३ कसेनी सराई तुल बहादुर रानाले सञ्चालन गरेको मोटरसाईकल वर्कसपको कोठामा शरीर तलासी गर्दा रवि कासलेको साथबाट ०.३१ ग्राम लागुऔषध खैरो हेरोईन फेला पारेको जिप्रका पाल्पाका प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले वताए ।
अभियुक्तको वारेमा थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्