लक्षित वर्गका २२ योजना निर्माण सम्पन्न



किरन धामी, दार्चुला ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दुुहुँ गाउँपालिकाले गत आर्थिक वर्षमा लक्षित वर्गका विभिन्न २२ वटा योजनाहरु निर्माण सम्पन्न गरेको जनाएको छ ।

गाउँपालिका भरी संचालनमा रहेका २ सय ७४ योजनाहरु मध्ये २२ योजना लक्षित वर्ग तर्फका सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । गाउँपालिकाले महिला लक्षित ७, बालबालिका लक्षित ५, दलित लक्षित ५ र अपाङ्ग लक्षित ५ गरी २२ वटा लक्षित वर्गका योजनाहरु निर्माण सम्पन्न गरेको उनले जानकारी दिए ।

यस्तै गाउँपालिकाले जेष्ठ नागरिकतर्फ ५, आर्थिक विकास योजना तर्फ २४, पुर्वाधार विकास तर्फ १ सय २२, समाजिक विकास तर्फ ९१, वातावरण तथा विपत व्यवस्थापन तर्फ ५ र संस्थागत विकास सुशासन तर्फ ५ वटा योजना गरि गत आर्थिक वर्षमा २ सय ७४ वटा विभिन्न विकास निर्माणका योजनाहरुको निर्माण सम्पन्न गरेको जनाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ का लागी आर्थिक विकासका लागी १ करोड ६४ लाख ५३ हजार, सामाजिक विकासको क्षेत्रमा १० करोड ५५ लाख ८० हजार, पुर्वाधार विकासको क्षेत्रमा ३ करोड ८६ लाख ५१ हजार, वातावरण तथा विपद व्यवस्थापनका लागी २५ लाख, तथा संस्थागत विकास सेवा प्रवाह र सुशासनका लागी ८२ लाख गरी कुल १७ करोड १३ लाख ८४ हजार बजेट विनियोजन गरेको जनाएको छ ।

गाउँपालिकाले वडा अध्यक्ष टोल सुधार कार्यक्रम कार्यान्वयन निर्देशिकाका २०७५, करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५, लघु जलविद्युत व्यवस्थापन संचालन र नियमन कार्यविधि २०७५ गरी तिन वटा कार्यविधिहरु निर्माण गरी कार्यान्वयनको चरण रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।

दुहुँ गाउँपालिकाले हाल सम्म आर्थिक ऐन, विनियोजन ऐन, गाउँसभा सञ्चालन कार्यविधि, न्यायिक समिति कार्य सम्पादन ऐन, सहकारी ऐन, पदाधिकारी आचार संहिता, कार्य सम्पादन नियमावली, निर्णय वा अधिकार पत्र प्रमाणिकरण नियमन, बैठक सञ्चालन कार्यविधि नियमावली, गाउँकार्यपालिका कार्य विभाजन नियमावली, यसैगरी गाउँपालिका बैठक तथा भ्रमण खर्च निर्देशिका, विपत व्यवस्थापन कोष परिचालन निर्देशिका, आदेश र अधिकार पत्र प्रमाणिकरण निर्देशिका, कक्षाकोठामा शिक्षण विद्यालयमा अभिभावक कार्यविधि, उपभोक्ता समिति व्यवस्थापन कार्यविधि,र दुहुँ गाउँपालिकाको स्काभेटर सञ्चालन कार्यविधि गरी १६ वटा ऐन, नियमावलि, कार्यविधि र निदेशिका निर्माण गरेको जनाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/०७६ मा वार्षिक निति तथा कार्यक्रम अन्तर्गत कृषिमा आधुनिकीकरण, पर्यटन पुर्वाधार, सामुदायिक शिक्षामा सुधार र समावेशिता र सुशासनको माध्यम द्धारा दुहुँ गाउपालिकाको समृद्धी गर्ने, स्वच्छ दुहुँ, सुन्दर दुहुँ, समृद्ध दुहुँ बनाउने र खाद्य बालीमा आत्मनिर्भरता, तरकारी,फलफुल, पशुपालन,जडीबुटी मा व्यवसायिकताको माध्यमद्धारा प्रति व्यक्ति आम्दानीमा वृद्धी गर्ने, तथा सामुदायिक शिक्षा र स्वास्थ्यको स्तरोन्नती, पर्यटकीय पुर्वाधार विकास र समावेशिता प्रशासनमा सुशासनको माध्यमद्धारा दीर्घकालीन आर्थिक समृद्धी प्राप्त गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्