स्थापित नै बिस्थापित



भएपछि मुलुक कसरी चल्ला धरहराको मनमा खुलदुली चलेको चल्यै छ । मुलुकमा कुनी के ब्यवस्था फ्याकेर गणतन्त्र ल्याको भन्ने सूचना धरहराले धेरै पहिल्यै थाहा पाएको थियो तर मुलुकमा गणतन्त्र आएको अनुभव धरहराले अहिले सम्मगर्न पाएको छैन । तीन नम्वर प्रदेशका भौतिक योजना मन्त्री केशव स्थापितलाई त्यहांका मुख्य मन्त्रीले आफुलाई मुखमुखै लागेको भने हटाएछन ।

उनी पदबाट बखास्तीमा परेपछि मुलुकभर अहिले यो बिषय बहसको बिषय बनेको छ । हिजो राजाका पालमा राजालाई चाकडी नगर्ने मन्त्रीलाई तु का तु राजाले बखास्ती गर्थे यो धरहराले देखेको थियो । अहिले गणतन्त्र नाम गरेको ब्यवस्थामा मन्त्रीले मुख्य मन्त्रीलाई गतल काम नगर्न आग्रह गर्दा जंगबहादुर शैलीमा बर्खास्ती गरेपछि मुख्य मन्त्री त गणतन्त्रका उपज होईन रहेछन उनी त जंगबहादुर राणाका उपज रहेको ठम्याई धरहराको छ ।

आफु अनुकुल नहुनासाथ मन्त्री हटाउने यो परिपाटीले त प्रदेश कसरी चल्ला हजुर धरहराले केही बुझेको छैन तपाईहरुले बुझेको भए जानकारी पाम है पाठक बृन्द ???

प्रतिक्रिया दिनुहोस्