मन्त्री पुन अस्पतालबाट डिस्चार्ज



काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । छातीको समस्याका कारण शुक्रबार राति नर्भिक अस्पतालमा भर्ना हुनु भएका मन्त्री पुन केहीबेरअघि डिस्चार्ज हुनु भएको हो ।

डिस्चार्जपछि उहाँ अहिले पुल्चोकस्थित मन्त्री निवासमै आराम गरिरहुनु भएको स्वकीयसचिव सन्तोष पुनले जानकारी दिनुभयो । अस्पतालमा मन्त्री पुनको उपचारमा डाक्टर यादव भट्टसहितको चिकित्सक टोली खटिएका थिए ।

मन्त्री पुन केही वर्षदेखि छाती सम्बन्धी समस्याले ग्रसित हुनुहुन्छ । विगतमा उपचारका लागि विदेश समेत जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्