अहिले तरलताको संकट छैन ः अर्थमन्त्री



नेपाल समाचारपत्र
विराटनगर
र्थमन्त्री डा. युवराज खतिवडाले बजारमा आर्थिक तरलताको संकट नभएको बताएका छन। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँंग कुराकानी गर्दै उनले तरलताको सामान्य समस्या देखिए पनि संकटको अवस्था भने नभएको दाबी गर्नुभयो। दशैंलगायतको चाडपर्वका कारण सर्वसाधारणले खुद्राखुद्री साटेको र घरमा रकम सञ्चित गरेकाले आर्थिक तरलतामा सामान्य समस्या देखिएको उहाँको भनाइ छ। अर्थमन्त्री खतिवडाले ७ प्रतिशत मात्र विकास खर्च भएकाले समेत बजारमा आर्थिक तरलता भएको भनाइमा पनि सत्यता नरहेको बताउनुभयो।

प्रदेश र स्थानीय तहको विकास खर्च निरासाजनक हुँदैमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा असर नपर्नेे दाबी उहाँले गर्नुभयो। अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानीय तहले पनि खर्च गर्न क्षमता भने बढाउने पर्ने बताउनुभया।वित्तीय संघीयता लागू भएको चार महिनामा सबै ठिकठाक हुन्छ भनेर सोच्नु हतार हुने बताउनुभया। प्रदेश सरकारको आफ्नै संरचनाहरू बन्ने क्रममा रहेको भन्दै उहाँले संघीयबाट प्रदेश सरकारलाई संरचनाहरू एकैपटक हस्तान्तरण सम्भव नहुने धारणा राख्नुभयो।

उहाँले संरचना दिने र लिने विषय भएकोले दिनेले दिन सक्नुपर्ने र लिनेसँग त्यो सञ्चालनको क्षमता हुनु आवश्यक रहेको उहाँको भनाइ थियो। कर्मचारी समायोजनामा ढिलो भएको स्वीकार्दै संघीय निजामति कानुन आउना साथ त्यो समस्या समाधान हुने जानकारी दिनुभयो।

मन्त्री खतिवडाले वित्त अयोगको अभावमा काम नरोकिएको भए पनि त्यसलाई पनि चाँडै टुङ्याउने बताउनुभयो। उहाँले स्थानीय तहमा करको समस्या विस्तारै समाधान हुँदै गएको जानकारी दिनुभयो। उहाँले वित्तीय संघीयता लागू भएको चार महिना मात्र भएकाले बुझाईको कारणले मात्र करको समस्या देखिएको बताउनुभयो। प्रदेश र स्थानीय तहमा गएको बजेट बाणिज्य बैंकहरूमा डिपोजिट गर्ने व्यवस्था गरिएकाले खर्च नभए पनि तरलतालाई संकुचित नगर्ने गरी व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो।

मन्त्री खतिवडाले संघीय वित्तीय संहिता लागू भएको पहिलो वर्षको चौथो महिना मात्र भएकाले समयअनुसार आर्थिक क्षेत्र सहज हुंँदै जाने बताउनुभयो।

नेपाललाई सस्तो वस्तुको डम्पिङ साइट बन्न दिँदैनौ

विराटनगर, (नेस)
अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी वस्तुमा मुलुक आत्मनिर्भर नभए पनि मुलुकलाई भने विश्वको सस्तो वस्तुको डम्पिङ साइट बन्न नदिने बताउनु भएको छ।

मोरङ व्यापार संघको ६३औं साधारणसभाको शुक्रबार विराटनगरमा उद्घाटन गर्दे मन्त्री खतिवडाले सरकार विश्वको सस्तो वस्तुको डम्पिङ साइटबाट मुलुकलाई बचाउन सचेत रहेको बताउनुभयो। उहाँले अहिलेको अवस्था सरकार औद्योगिक वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउन उद्योगी व्यवसायीहरूलाई सुविधा दिन सरकार तयार रहेको जानकारी दिनुभयो।

मन्त्री खतिवडाले उद्योगी व्यवसायीले औद्योगिक विकासका लागि विशेष योजना लिएर आएको खण्डमा सरकार सरकारी उद्योगहरू सञ्चालनका लागि दिन समेत तयार रहेको पनि जानकारी दिनुभयो। उहाँले सरकार कर, भन्सार र राजस्व उठाउने विषयमा मात्रै केन्द्रित नरहेको बताउनुभयो।

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले संघीयता कार्यन्वयनमा आएको एकवर्षकै अवधिमा तीव्र आर्थिक वृद्धिदरको हिसाब नमाग्न उद्योगी–व्यवसायीसँग आग्रह गरे। उनले तीनै तहका सरकारले औद्योगिक उत्पादन वृद्धि गर्नुपर्दछ भन्ने मान्यता राखेकाले क्रमशः उत्पादनमुखी अर्थतन्त्रको आधार बलियो हुनेमा विश्वास व्यक्त गरे। उद्योगी व्यवसायीले अहिलेको अवस्थामा आफूहरूले भोग्नु परेको समस्याका बारेमा कार्यक्रममा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्