माया कतारमा सधैं हतारमा



आगामी पुष २७ गते रिलिजमा आउने फिल्म चौका दाउको अर्को गीत सार्वजनिक गरिएको छ। फिल्ममा समावेश मेरो माया कतारमा सधैं हतारमा बोलको भिडियो बिहीबार ओएसआर डिजिटलको युट्युबबाट सार्वजनिक गरिएको हो।

सौर्य प्रोडक्सनद्वारा निर्मित फिल्मको यो गीतमा यसका कथाकार एवं परिकल्पनाकार संगीतकार शम्भुजित बासकोटाले संगीत दिएका छन्। श्रीपुरुष ढकालको शब्द रहेको आइटम गीतमा शम्भुजीतका साथ सुमन गुरुङले स्वर दिएका छन्। आइटम गीतमा सोनीका केसीले कामुक शैलीमा नृत्य प्रस्तुत गरेका छन् भने उनको कामुकतामा सन्तोष पन्त, तैयव शाह, श्याम राई विल्सनविक्रम राई, रवीन्द्र झालगायतका कलाकार लठ्ठिएका छन् भने अन्त्यमा अभिनेतृ वर्षा राउत प्रस्तुत हुन्छिन्। वर्षासँगै अभिनेता अजश्र ढुंगाना पनि नृत्यमा देखिएका छन्। गीतका लागि वसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन्।

फिल्ममा वर्षा राउत, अजश्र ढुंगाना, विल्सनविक्रम राई, सन्तोष पन्त, तैयव शाह, श्याम राई, रवीन्द्र झा, निर्मल शर्मा, सोनिका केसीलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्। दीर्घ गुरुङको छायांकन रहेको यो चलचित्रमा मित्रदेव गुरुङको सम्पादन र वसन्त श्रेष्ठको नृत्य निर्देशन छ। फिल्म सौर्यजित बास्कोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्