अलीले सम्झौता लम्ब्याए



लन्डन (एजेन्सी)
डेले अलीले टोटेनह्यामसँग थप छ वर्ष सम्झौता लम्ब्याएका छन् ।
मंगलबार राति भएको उक्त सम्झौतासँगै अली सन् २०२४ सम्म क्लबमा रहने नयाँ सम्झौता भएको हो । नयाँ सम्झौता अनुसार अलीले अहिले पाउँदै गरेको पारिश्रमिक भन्दा झन्डै दोब्बर पाउने जनाइएको छ । प्रति साता ५० हजार पाउन्ड लिने गरेका अलीले नयाँ सम्झौता अनुसार १ लाख पाउन्ड पाउनेछन् ।

सन् २०१५ मा ५ मिलियन पाउन्डमा अली टोटेनह्याममा आबद्ध भएका थिए । अली रसिया विश्व कपमा इग्ल्यान्डका लागि उच्च प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन् । पछिल्लो तीन सिजन सबै प्रतियोगितामा गरि उनले दोहोरो अंकमा गोल गर्दै आएका छन् । पछिल्लो सिजन मिडफिल्डको रक्षात्मक भूमिकामा पनि उनले टोलीका लागि गोल गरेका थिए । उनले टोटेनह्यामबाट १ सय ५० खेल खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्