सेमिफाईनल समिकरण पुरा



विनोद सिंह विष्ट–बैतडी
बैतडीको देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाईनल समिकरण पुरा भएको छ ।
बुधवार सम्पन्न समूह “डी”को लिग चरणको अन्तिम खेलमा शिवनाथ गाउँपालिकालाई ७ विकेटले स्तब्ध पार्दै मेलौली नगरपालिका अन्तिम चारमा प्रवेश गरेको हो ।

निंगलासैनी खेल मैदान देहीमाडौंमा सम्पन्न खेलमा पहिला ब्याटिंग गरेको शिवनाथ १५ दशमलव ४ ओभरमा १ सय ११ रनमा समेटियो । जसमा विरेन्द्र चन्दले ४२ रनको योगदान गरे । मेलौलीका विरेन्द्र विष्टले ह्याट्रिकसहित ४ विकेट हात पारेका थिए ।

१ सय १२ रनको विजयी लक्ष्य मेलौलीले १२ दशमलव २ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो । जसमा कृष्ण भट्टले अविजित ३४ तथा किरण ठगुन्नाले २९ रन बनाए । शिवनाथका कैलाश ऐरले १ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्