पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउनुपर्नेमा जोड



विनोद सिंह विष्ट, बैतडी ।
सञ्चार जगतले स्वतन्त्र रुपले कलम चलाउनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । बुधवार नेपाल पत्रकार महासंघ शाखा बैतडीको आयोजनामा जिल्ला प्रसासन कार्यालयमा गरिएको नागरिकको नजरमा मिडिया भन्ने अन्तर सम्वाद कार्यक्रमका सहभागीले यस्तो कुरामा जोडमा दिएका हुन् ।

सञ्चार जगतले आर्थिक प्रलोभनमा नपरी स्वतन्त्र, निष्पक्ष रुपमा कलम चलाई आफ्नो धर्म निभाउनुपर्नेमा सहभागीको भनाई रहेको थियो ।
देशमा थुप्रै भष्टाचारका घटना हुने गरेको भएपनि थोरैको संख्यामा मात्रै मिडियामा आउने गरेको वरिष्ठ अधिवक्ता राज बहादुर चन्दको भनाई रहेको छ । भष्टाचार अत्त्यका लागी मिडियाको ठुलो भुमीका रहने भएको यसतर्फ सम्पुर्ण सञ्चार जगतको ध्यान जानुपर्ने समेत उनले बताए ।
पत्रकारिता क्षेत्रमा एकजुटको आवश्यकता रहेको समेत सहभागीले औल्याएका थिए । एकताबद्ध भएर सञ्चार जगत नलाग्दा केही कमजोर भएको तथा परिपक्कताका लागी विभिन्न क्षमता अभिवृद्धिका तालिमहरु पनि सञ्चालन गर्नुपर्ने धारणा सहभागीको रहेको थियो ।

उत्पीडनमा परेको समुदायको पनि पिर मर्का पनि मिडियामा कमै मात्रैमा आउने गरेको महिला अधिकारकर्मी सरस्वती नेपालीले बताईन्। महिला तथा बालबालिकाको क्षेत्रको समाचार समप्रेषण गर्दा गोपनियतामा ध्यान दिनुपर्ने उनको सुझाव रहेको छ । महिला हिंसाविरुद्ध सञ्चारजगतले अझै कलम चलाउनुपर्नेमा नेपाल महिला संघकी देबु ठगुन्नाको जोड रहेको छ ।

मिडियामा आउनुपर्ने सुचना समेत सरकारी कार्यालय तथा स्थानीय तहहरुले लुकाउने गरेको समेत सहभागीहरुले बताएका छन् ।
मिडिया र नागरिकबिच अन्र्तसम्बन्ध हुनुुपर्नेमा नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्रले बताए । मिडिया र नागरिकबिच अन्र्तसम्बन्ध नहँुदा लोकतन्त्रमा फाटो आउने र जसका लागी नागरिक समाज पनि सक्रिय हुनुपर्नेमा उनको जोड रहेको छ ।

यसका साथै उनले पत्रकार शुद्धिकरण अभियान चलाउनुपर्ने धारणा समेत व्यक्त गर्नुभयो । पत्रकारिताबिना विकास निर्माण तथा सुसासनको परिकल्पना समेत गर्न नसकिने पत्रकार महासंघका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम संयोजक मीन बमले बताए। मिडिया र स्थानीय सरकारको आत्मीयताले नागरिकको समस्या समाधान हुनुका साथै सुसासन कायम गर्न समेत सहज हुने उनको भनाई रहेको छ ।

स्थानीय सरकारले मिडिया जगतलाई गर्नुपर्ने सहयोगको लागी आफु लागीपरेको उक्त कार्यक्रमका प्रमुख अतिथी तथा जिसस प्रमुख सिद्धराज भट्टले बताए ।

नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष पे्रम भाटको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तर सम्वाद कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, पत्रकार महासंघका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम संयोजक मीन बम, पत्रकार महासंघका केन्द्रिय सदस्य उत्तर विष्ट , जिल्लास्थित सरोकारवाला निकाय लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्