गोजीमा दाम छैनलाई डेढ लाख भ्युज



म फसेकै कथा चंगा चेटको हो ः माधव वाग्ले

चंगा चेट फिल्ममा समावेश गीत गोजीमा दाम छैनले युट्युबमा डेढ लाख भ्युज पाएको अवसरमा फिल्म युनिटले राजधानीमा एक कार्यक्रम आयोजना गरी केट काटेर खुसीयाली मनाएको छ। कार्यक्रममा गीतका संगीतकार राजनराज सिवाकोटीलाई ५० हजार नगद पुरस्कार पनि दिइएको छ।

उनलाई फिल्मका निर्माताद्वय शर्मिला पाण्डे र माधव वाग्लेले चेक दिएका हुन्। गीतमा संगीतकार सिवाकोटीका साथमा मेलीना राई र बाल गायिका ग्रिष्मा सिवाकोटीको स्वर रहेको छ भने शब्द हरिहर तिमल्सिनाको रहेको छ।

प्रवीण सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका सबै मुख्य कलाकारले नृत्य प्रस्तुत गरेका छन्। प्रियंका कार्की, आयुष्मान देशराज, सन्दीप क्षेत्री, परमिता राज्यलक्ष्मी राणा, रवीन्द्र झा र सुरक्षा पन्तको फिल्ममा मुख्य भूमिका छ। पशुपतिप्रसाद निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा प्रदीप भारद्वाजको लेखन छ।

फिल्म पैसाको पछि लाग्ने युवापुस्ताको कथावस्तुमा आधारित रहेको र समाजका हरेक युवाले आफ्नो कथा फिल्ममा पाउने निर्माता माधव वाग्लेले बताए। ‘फिल्ममा तीन युवाको कथा रहेको छ, जहाँ जाली नोटका कारण उनीहरू फस्छन्। मेरो वास्तविक जीवनमा पनि त्यही भयो। यस कारण मेरो जीवन र फिल्मको केही कुराहरू मिल्छन्।

आमाबुबाले घरपरिवारमा केही राम्रँे हुनका लागि नै नराम्रो हुन्छ भनेको सुनिरहेको हुन्छु। मैले पनि राम्रँेका लागि नै यी सबै भए भन्ने मानेको छु। जाली नोटको सम्बन्धमा न्यायालयमा केस चलिरहेको छ’, निर्माता वाग्लले भने– ‘यो कमेडी जनरामा छ। तर कमेडीमात्रको फिल्म होइन। अहिले कमेडी आधारका दुई फिल्म छक्का पञ्जा र जय भोले पनि चलिरहेका छन्। तर चंगा चेट त्योभन्दा फरक छ। यसमा सिचुएसनल कमेडी छ। मैले कमेडी आधारका फिल्म चलेको देखेर चंगा चेट बनाएको होइन। यो फिल्मको स्क्रिप्ट ४ वर्षअगाडि नै लेखिएको हो।’

निर्देशक दीपेन्द्र के खनालले आफूले निर्देशन गरेका व्यावसायिक फिल्ममा चङ्गा चेट ठूलो फ्रेमको फिल्म भएको बताए। ‘यसमा काम गर्दा कलाकारको राम्रँे बन्डिङ थियो। यसलाई गोजीमा दाम छैन गीतमा पनि देख्न सकिन्छ। कलाकारलाई टाउको बेच्नका लागि मात्र गीतमा राखिएको होइन। उनीहरूको फिल्ममा गहकिलो उपस्थिति छ।’ –उनले भने।

नायिका सुरक्षा पन्तले तीन युवाको अपराधको कथामा साथ दिने र त्यसबाट बाहिर आउन सफल युवतीको भूमिकामा आफू रहेको खुलाइन्। ‘समाजमा क्राइम गर्ने सबै पुरुषमात्र हुन्छन् भन्ने कुरालाई मेरो पात्रले काट्छ। म फिल्ममा पुरुषहरूसँगै क्राइममा सहभागी भएको छु र त्यसबाट बाहिर आएको छु’, सुरक्षाले भनिन्– ‘दीपेन्द्र के खनाल, माधव वाग्लेजस्ता निदेशक÷निर्मातासँग काम गर्न पाउनु भनेको हाम्रा लागि करिअर ग्रोथमा राम्रँे अवसर हो।’

आगामी शुक्रबार रिलिज हुने फिल्मका अन्य कलाकारमा अर्पण थापा, शिशिर वाङ्देल, सरिता गिरी, ज्याक श्रेष्ठ, निश्चल बस्नेत, बेनिषा हमाल, ऋचा शर्मालगायत रहेका छन्। रवीन आचार्यको छायांकन निर्देशन रहेको फिल्मलाई नवराज उप्रेतीले खिचेका छन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्