टुयुनिसिया: आत्मघाती विस्फोट



ट्युनिस,(एजेन्सी)
ट्युनिसियाको राजधानी ट्युनिसको मध्य भागमा एकजना अज्ञात महिलाले आत्मघात बिम विस्फोट गराउँदा कमितमा नौजना मानिस घाइते भएको गृह मन्त्रालयले जनाएको छ । हविव बोगिवा एभेन्युमा भएको सो विस्फोटनमा घाइत ेहुने मध्ये आठ जना प्रहरी अधिकारी रहेको बताइएको छ ।

गृह मन्त्रालयले म्युनिसिपल थियटर नजिक भएको यस विष्फोटनलाई आतंककारी कार्यको संज्ञा दिएको छ । राष्ट्र पुन पर्यटन व्यवशायले गति लिन लागेको अवस्थामा या ेआक्रमण भएको हो । तीनवर्ष अघि भएका दुईवटा भयानक आतंककारी हमलाको कारण सो व्यवशाय खस्केको हो ।

प्रतिक्रिया दिनुहोस्