टि–२० क्रिकेटको उपाधि देविघाटलाई



नुवाकोट, (नेस)
नुवाकोटमा संलाचन भएको जिल्लाव्यापी खुल्ला टि –२० क्रिकेट प्रतियोगिताको उपाधी देविघाट बाल क्लब देविघाटले उचालेकोे छ ।

सोमबार सिचाईको खेलमैदानमा सम्पन्न फाइनलमा देविघाटले नक्षत्र स्पोस्र्टस क्लबलाई २७ रनले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको देविघाट बाल क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३४ रन बनाएको थियो । देविघाटको तर्फबाट बिकाश चित्रकारले १८ रन तथा दिनेश चित्रकार र राजेश रिमालले १५÷१५ रन बनाएका थिए । बलिङतर्फ नक्षत्रका प्रशिद्द खड्का र राजन अधिकारीले समान २÷२ विकेट लिए ।

एकसय ३५ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको नक्षत्र स्पोर्टस १९ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ७ रनमा समेटिएको थियो । नक्षत्रको तर्फबाट अभियान बस्नेतले ३२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। बलिङतर्फ देविघाटका बिकाश चित्रकारले ३ विकेट र बिकाश लामिछानेले २ विकेट लिए ।

प्रतियोगितामा देविघाटका बिकाश चित्रकार म्यान अफ दि फाइनल घोषित भए । प्रतियोगिताको बेष्ट बलर युनिक ब्वाइज ढुङ्गे का जीवन सिलवाल ,बेष्ट ब्याट्सम्यान नक्षत्रका सुशान्त तिमिल्सिना र म्यान अफ दि सिरिज देविघाटका बिकाश चित्रकार भए । ४ टिमको सहभागिता रहेको प्रतियोगिता लिगको आधारमा खेलाईएको थियो । तालिकाको शिर्ष २ टिमबिच फाइनल खेलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्