सिटी शिर्ष स्थानमा



लन्डन, (एजेन्सी)
म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
सोमबार राति टोटेनह्याम हस्टपरलाई १–० ले पराजित गर्दै सिटी लिगको शीर्षस्थानमा उक्लिएको हो ।

टोटेनह्यामको घरेलु मैदान वेम्वली स्टेडियममा भएको सो खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न रियाद महारेजले छैटों मिनेटमा गरेको गोल नै निर्णायक साबित बन्यो । जितपछि सिटीको १० खेलबाट २६ अंक भएको छ ।

सिटीले १० खेलमध्ये ८ खेलमा जित तथा दुई म्याच बराबरी खेलेको छ । सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई गोल अन्तरमा पछि पारेको हो । २४ अंक सहित चेल्सी लिगको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्