प्रसिद्ध खेलाडी सडकमा आइसक्रिम बेच्दै



नयाँ दिल्ली, (एजेन्सी)
ठूल्ठूला प्रतियोगितामा पदक जितेर खेलाडीले आफ्नो र देसको इज्जत राखेका हुन्छन् । कतिपय खेलाडीको लागि खेलबाट नै सम्मानजनक जीवन यापन भएको हुन्छ । तर कतिका लागि भने धेरै पदक जितेर पनि जिवन कष्टकर बन्न जान्छ । यसै क्रममा भारतका यस्ता खेलाडी जसले राष्ट्रका लागि १७ स्वर्ण पदक जितेर पनि जिवनमा संघर्ष गरिरहेका छन् । उनी हुन अन्तर्राष्ट्रिय बक्सर दिनेश कुमार ।

भारतीय संचारमाध्यमले जनाए अनुसार दिनेसले घर चलाउनका लागि गाडामा आइसक्रिम बेच्नु परेको छ । भारतका लागि बक्सिङमा १७ स्वर्ण, १ रजत र ५ कांस्य पदक विजेता दिनेस ऋण चुकाउनका लागि सडकमा आइसक्रिम बेचिरहेका छन् । तापनि भारतीय सरकारले उनलाई मद्दत नगरेको बताइएको छ ।

दिनेसले बताए—मेरा बुबाले मलाई अन्तर्राष्ट्रिय स्पर्धामा भाग लिन सकुँ भनेर ऋण लिनुभयो । म अब त्यही ऋण चुकाउन बुबालाई मद्दत गरिरहेको छु । हामीलाई वर्तमान सरकारले र पछिल्ला सरकारले पनि मद्दत गरेका छैनन् । मेरो सरकारसँग अनुरोध छ कि मलाई सहयोग गर र कुनै स्थायी जागिरको चाँजो मिलाइदिनु ।

खराब आर्थिक स्थितिमा दिनेसले आइसक्रिम बेचिरहेको तस्वीर सोसल मिडियामा अहिले भायरल भइरहेको छ । उनी आफनो सपनालाई छाडेर बुबालाई मद्दत गरिरहेका छन् । यो भन्दा अगाडि पनि कयौ प्रसिद्ध खेलाडीले गुमनाम जिवन यापन गरिरहेको समाचार प्रकासित भएको थियो । ३० वर्षीय दिनेसले २०१० ग्वान्जाउ एसियाली खेलकुदमा बक्सिङको लाइट हेभीवेट स्पर्धामा रजत पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्