समाजवादी नास्ताको परीक्षा



 

शनिबार दिउ“सो भृकुटीमण्डपमा सत्तारूढ दल नेकपाको चियाचुस्की लिन जानेहरू बाक्लै देखिए। चुल्है निम्तो पाउनेले स्वाभाविकरूपमा चुस्की भ्याउने नै भए, नपाउने पनि त्यही मेसोमा नजिकका पाहुना बन्दै लाइन लागे। अग्र्यानिकभन्दा पनि हाइब्रिड कम्रेडहरूको राम्रै जमघट जुट्यो।

टपरीमा एक केस्रो केरा, उही संख्याको लड्डु र कचौरी अनि २÷४ थान निम्की समेटिएको ‘समाजवादी नास्ता’ खान पाउ“दा हाइब्रिडहरू मुस्कानसहितको सेवा दिन त“छाडमछाड देखिए। माहोल राम्रै भएछ क्यार नेकपाविरुद्ध राम्रैस“ग मुरमुरिने अनुहार पनि निकै ह“सिला र रसिला पो देखिए।

निकै बाक्लो माहोल देख्दा नेकपा नेतृत्व निकै गजक्क प¥यो। आफूलाई अग्र्यानिक भनाउ“दा कम्रेडहरू पार्टी एकताले गज्जबकै माहोल बनायो भन्दै मख्ख थिए। तर तीनै अग्र्यानिक कम्रेडहरू आफ्नै पार्टी नेतृत्व र सरकारविरुद्ध खा“टी कार्यकर्ता निकै मुरमुरिन थालेको धैरै भयो भन्नेबारेमा चाहि“ कति जानकार छन् कुन्नि?
इतिहासकै शक्तिशाली भनिएको सरकारले जनताले परिवर्तन अनुभूत गर्ने सामान्य सिन्कोसमेत नभा“चेपछि ‘समाजवादी नास्ता’ले मात्रै पार्टीको असन्तुष्टि ढाकछोप गर्ला र भन्या?

प्रतिक्रिया दिनुहोस्