मिडियामा महिलाका मुद्दा र निर्मला हत्याकाण्ड



सर्मिला बुढाथोकी
प्रेस काउन्सिलमा वर्गीकरणको लागि आवेदन परेका पत्रपत्रिकाहरुको तथ्याङक हेर्ने हो भने नेपालमा दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिकाको संख्या ९ सय ५० को हाराहारीमा छ । र, राजधानिबाट प्रकाशीत हुने झण्डै एक दर्जन राष्ट्रिय दैनिक पत्रिकाहरुले एउटा अङ्कमा साना ठँला गरी सरदर ६० वटा देखि ७०÷८० वटासम्म समाचार प्रकाशीत गर्दै आएका छन् । तर ती समाचारहरुमा महिलाको मुद्दा भने मुश्किलले दुई तीन वटामात्र हुन्छन् । त्यसैगरी टेलिभिजन र एफएम रेडियोको संख्या पनि पछिल्लो केहि बर्ष यता निक्कै बढेको छ । तर टेलिभिजन र एफएम रेडियोहरुले पनि महिलाको मुद्दालाई सरदर छापा माध्यमकै हाराहारीमा मात्र स्थान दिन सकेको देखिन्छ ।

हाम्रो समाजमा महिला हिंसाका घट्नामा क्रमशः बृद्धि हुदै गएको छ । देशभरीको आपराधिक तथ्याङ्कलाई हेर्ने हो भने महिला हिंसाका घट्ना मात्र दैनिक ३ हजारको हाराहारीमा दर्ता हुने गरेको प्रहरी अधिकारीहरुको भनाई छ । कतिपय अवस्थामा कानुनले पीडितलाई न्याय दिएको भएपनि व्यवहारीक रुपमा कानुन कार्यान्वयन हुन सकिरहेको छैन् । जसको कारण पीडित झन पीडित बन्नुपर्ने अवस्था छ । तर त्यस्तो मुद्दाले मिडियामा खासै महत्व पाईरहेको छैन् । हाम्रो मिडियाले महिला हिंसाको घट्नालाई समाचार बनाएको भए पनि त्यो घट्नामा भएका कानुनी प्रकृया र कानुन कार्यान्वयनको अवस्थाको विषयलाई खासै महत्व नदिने भएकोले धेरै जस्तो अवस्थामा पीडितले व्यावहारीक न्याय पाउन सकिरहेका छैनन् ।

महिला हिंसाका घट्नामात्र हैन महिलाले विभिन्न क्षेत्रमा अब्बल काम गरेको विषय होस् या सफल व्यवसायी भएर महिलाहरु आर्थिक रुपमा सम्पन्न बनेको विषय नै किन नहोस्, हाम्रा मिडियाहरुले त्यसलाई पनि खासै महत्वपँर्ण मुद्दा ठानेको देखिदैन । अहिले सहरी क्षेत्रमा मात्र हैन ग्रामीण क्षेत्रमा समेत महिलाहरुले शैक्षिक, आर्थिक र सामाजिक रुपमा अब्बल काम गरिरहेका छन् । महिलाहरुको नेतृत्व रहेको व्यवसाय सफल भएका छन् । संघसंस्थाहरु पारदर्शी, स्वतन्त्र र सुशासनयुक्त बनेका छन् ।

आमा समँह, सामुदायीक बन, मानव अधिकार तथा महिला अधिकार सम्बन्धि बिभिन्न संस्थाहरुमा नेतृत्व गरेर महिलाहरुले मदिरा नियन्त्रण, घरेलु हिंसा अन्त्य, सांस्कृतिक कुरितिको अन्त्य जस्ता सामाजिक काममा समेत नेतृत्वदायी भँमिका खेलेर सफलता पाइरहेका छन् । तर यी बिषयहरु पनि हाम्रो मिडियाहरुमा मुद्दा बन्न सकेका छैनन् । महिलासंग सम्बन्धित कतिपय विषयवस्तु मिडियाको मुद्दा बनेर पीडितले न्याय पनि पाएका छन्, अनि कतिपय अवस्थामा पीडितले कानुनी न्याय पाएर व्यवहारीक रुपमा थप पीडा भोग्नुपरेको अवस्था पनि छन् । तर मिडियाकै कारण महिलाले न्याय पाएको उदाहरण भने अत्यन्त थौरै मात्र छन् । नेपालमा रहेका मिडियाको संख्या र प्रकाशीत समाचारको संख्याको आधारमा महिला मुद्दा अत्यन्त न्युन हुनुको कारण के होला त ? सरोकारवाला निकायले यसको खोजि गर्नुपर्छ ।

हरेक मिडियामा समाचारको प्रमुख विषय राजनीति हुने गरेको छ । त्यसपछि अपराध, विकास निर्माण र अन्य मानविय अभिरुचिका सामग्रीहरुले ठाँउ पाएको देखिन्छ । यी विषयवस्तुहरुमा समाचार बनिरहदा महिलाको उपस्थिति र प्रस्तुति अत्यन्त न्युन रहन्छ । राजनीतिमा महिलाले पाएको सफलता, महिलालाई पछाडि पारिएको अवस्था आदी हत्तपत्त मुद्दा बन्नै सक्दैन । विकास निर्माणमा महिलाको सहभागिताले मिडियामा ठाँउ पाउनै सक्दैन । मिडियामा महिला मुद्दाले ठाँउ पाईहाले पनि त्यो की अपराधसंग सम्बन्धित हुन्छन् की मानविय अभिरुचिसंग सम्बन्धित हुन्छन् । राजनीतिक, सामाजिक, आर्थिक रुपमा महिलाले गरेको उन्नती प्रगति र महिलालाई पछाडि राखिएको अवस्थालाई मिडिया र मिडियाकर्मीहरुले उठान गर्न सकिरहेका छैनन् ।

मिडियामा महिलाको प्रगति, पीडा र प्रतिभालाई मुद्दा बनाउन नसक्नुमा पत्रकार महिलाहरुको संख्या कम हुनु त हैन ? कि पुरुष पत्रकारहरुले महिलाको मुद्दा खोज्न नसकेर या महिलाको मुद्दाको गहिराईमा पुग्न बिभिन्न अवस्थाले सहज नभएर मिडियामा प्रस्तुत हुने समाचारको संख्याको आधारमा महिला मुद्दा कमजोर बनेको हो ? त्यसो हो भने पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले पत्रकार महिलाहरुको संख्या बृद्धि गर्ने योजना ल्याउनु आवश्यक हुन्छ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको पछिल्लो तथ्याङ्क अनुसार देशभर १३ हजार ५० जना पत्रकार महासंघमा आबद्ध छन् । जसमा महिलाको संख्या केबल २ हजार ३ सय ५४ मात्र रहेको छ । कतिपय महासंघमा आवद्ध नभएका पत्रकारहरु पनि छन् । त्यसमा पनि पुरुषकै संख्या बढी देखिन्छ ।

त्यसैले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले पत्रकार महिलाहरुको गुणात्मकतासंगै संख्यात्मक बृद्धिमा पनि ध्यान पु¥याउनु पर्ने देखिएको छ । पत्रकार महिलाहरुको संख्यामा बृद्धि भयो भने मिडियाहरुमा महिलाको मुद्दा बढी प्राथामीकतामा पर्न सक्छ । कार्यरत पत्रकार महिलाहरुले पनि मिडियामा महिलाको मुद्दाले प्राथामीकता नपाउनुको कारण पहिल्याउनु जरुरी छ । र, कार्यरत पत्रकार महिलाहरुले त्यस्ता मुद्दालाई मिडियामा सहि ढङ्गले प्रस्तुत गर्न नसकेर प्राथामीकता नपाएको हो भने मुद्दा खोज्ने कुरामा र मुद्दालाई सहि ढङ्गले प्रस्तुत गर्ने कुरामा मेहेनत गर्नुपर्ने हुन्छ ।

पछिल्लो समय सामुदायीक रेडियोहरुको संख्यामा बृद्धि भएको छ र त्यसमा कार्यरत पत्रकारहरुको संख्यामा पत्रकार महिलाहरु धेरै रहेका छन् । यो पक्कै पनि शुखद विषय हो । तर यो संगै एउटा बिडम्बना के छ भने विशेष गरी सामुदायीक रेडियोमा कार्यरत पत्रकार महिलाहरुको गुणात्मक विकास संख्यात्मक हिसाबसंग तालमेल हुने अवस्था देखिएको छैन् । पछिल्लो समय रेडियोमा बोल्नासाथ पत्रकार भैहाल्ने मानसिकताले पत्रकार महिलाहरुको संख्यामा वृद्धि भए पनि गुणात्मकतामा वृद्धि हुन नसकेको प्रस्ट हुन्छ । रेडियोमा फोन इन कार्यक्रम सञ्चालन गर्ने, मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने सबै महिलाहरु पत्रकारको कोटामा पर्ने अवस्था बनेपछि पत्रकार महिलाहरुको गुणात्मक विकास नभएको हो कि ? यसको अध्ययन पत्रकार महासंघले गर्ने कि नगर्ने त ?

पत्रकार हुनलाई समाचारको सिद्धान्त, सँत्र र सम्भावना तथा संकलन सम्बन्धि ज्ञान अत्यावश्य हुन्छ भनेर कस्ले भनिदिने । समाचारको ज्ञान सुन्य तर रेडियोमा बोलेकै आधारमा पत्रकार भै जाने अवस्थाले भोलीको पीडिलाई झन समस्यामा त पार्ने हैन ? सामुदायीक रेडियोको संख्याको आधारमा त्यहा बोल्ने हरेक महिलाले समाचारको महत्वलाई आतमसाथ गर्ने र समाचार सम्बन्धि योग्यता र क्षमतामा विकास गर्ने हो भने अहिले ओझेलमा परिरहेको पहिलाको मुद्दाले पनि मिडियामा ठाँउ पाउने थियो कि ?

मिडियामा महिलाको मुद्दाले स्थान पाएन भनिरहदा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयलाई अन्तराष्ट्रिय करण गर्ने कुरामा मिडियोको निकै ठँलो भँमिका देखिएको छ । तर अहिलेसम्म यो घट्नामा संलग्न अपराधिहरुको पहिचान हुन सकिरहेको छैन् । अर्को पक्ष यो मुद्दालाई मिडियामा उठाउने पत्रकारहरुमा पुरुष पत्रकारहरु बढी देखिएका छन् ।

निर्मलाको बलात्कारपछि भएको हत्याको घट्नामा पत्रकार महिलाहरुले एउटा मिसन बनाएर अध्यन गर्दा केही तथ्यगत कुराहरु बाहिर आउन सक्ने थियो कि ? या नेपाल पत्रकार महासंघले पत्रकार महिलाहरुको एउटा मिसन टोलि गठन गरेर अध्ययन गर्न कञ्चनपुर पठाउने की ? कञ्चनपुर घट्नामा पीडित पनि महिला र घट्नाको केन्द्रविन्दु मानिएको पनि दुई महिला । त्यसैले यसको अध्ययनको लागि पत्रकार महिलाहरुको मिसन टोलि पठाउदा केहि तथ्य फेला पार्न सकिन्थ्यो की ? र यसले पत्रकार महिलाहरुको क्षमता, योग्यताको मापन पनि गर्न सकिन्थ्यो की ? हुन त पत्रकारहरुको काम कुनै घट्नाको अनुसन्धान गर्ने या दोषी निर्दोषीको बारेमा छिनोफानो गर्ने हैन । तर घट्नाको वास्तविकतासम्म पुग्ने दायित्व भने पत्रकारहरुको पक्कै हो । निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घट्नामा प्रहरीहरु अहिलेसम्म तथ्यको नजिक पुग्न नसकेको अवस्थामा पत्रकार महिलाहरुले यसको तथ्य खोजि गर्ने कुरालाई अस्वाभाविक मान्न सकिदैन । त्यसैले यसतर्फ नेपाल पत्रकार महासंघ र पत्रकार महिलाहरुसंग सम्बन्धित संघ संस्थाहरुले बिचार गर्दा उपयुक्त नै हुन्छ जस्तो लाग्छ ।

यसरी पत्रकार महिलाहरुको मिसन टोलि कञ्चनपुर पुग्दा भोलिका दिनमा समेत मिडियामा महिलाको अन्य मुद्दाहरुले उल्लेख्य ठाँउ पाउने सम्भावना रहन्छ र पत्रकार महिलाहरु तिखारीने मौका समेत प्राप्त हुन्छ । मिडियामा महिलाको मुद्दालाई हेर्दा र विश्लेषण गर्दा पत्रकार महिलाहरुले यस्तो विषयमा सक्रियता देखाउन नसक्दा वा त्यस्तो मौका नपाउदा मिडियामा महिलाको मुद्दा ओझेल परेको देखिन्छ । त्यसैले यो विषयमा पत्रकार महासंघ, सरोकारवाला निकाय र स्वयम पत्रकार महिलाहरुसमेत सचेत रहनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्