मनोरञ्जनले निम्त्याएको रौनक



चोभार उपत्यकाबासीका लागि मनोरञ्जन गर्ने स्थानका रूपमा लामो समयदेखि चर्चामा छ। राजधानीको कोलाहल छलेर यसो रमाइलो गर्न यहाँ जोडीहरू पुग्ने गरेका छन्।

अनि प्रहरीको काम भनेको लभ गर्ने जोडीलाई समात्ने पैसा असुल्ने पैसा नदिए कारबाही गर्ने भन्दै थानामा ल्याउने अनि आफन्त बोलाएर जिम्मा लगाउने गरेको दृष्य धरहराले वर्षौंदेखि देख्दै आएको थियो। अहिले पनि ती दृष्य हेर्न पाइन्छ चोभारका हरेक डाँडामा।

कथा यतिमा सीमित छैन। सरकारले चोभारनजिकै रहेको समथर जग्गामा ड्राइपोट बनाउने निर्णय गरेपछि स्थानीयले मनोरञ्जन पार्कबाहेक अन्य काम गर्न नदिने भन्दै विरोध गर्दै आएका दृष्य धरहराले देखेकै हो। सरकार र स्थानीय निकायबीचको जुहारीले उक्त क्षेत्र लभ गर्ने ठिटाठिटीबाहेक अन्यलाई काम लाग्लाजस्तो देखिँदैन अहिलेको कृयाकलाप हेर्दा। स्थानीयलाई मनोरञ्जनबाहेक अन्य विकास नचाहिने सरकारलाई भने विकास निर्माण चाहिने यो कस्तो बिडम्वना ⁄ खै धरहराले त केही बुझेन तपाईंहरूले के बुझ्नु भो जानकारी पाम है पाठकवृन्द !

प्रतिक्रिया दिनुहोस्