बोबीको भाग्यशाली दर्शक छानिए



बोबी हेरेबापत दुईजना दर्शकलाई नर्वे लाने घोषणा गरेको फिल्म बोबी टिमले बोबी हेरौं नर्वे घुमौं भन्ने योजनाअनुसार बिहीबार राजधानीमा एक कार्यक्रम गरी टिकटको अर्धकट्टीका आधारमा विजेता घोषणा गरेको छ।
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले निकालेको टिकटबाट ताप्लेजुङका राज लिम्बुले नर्वे जाने अवसर पाएका छन्। झापामा बसोबास गर्दै आएका उनले विर्तामोडको कृष्ण चलचित्र मन्दिरमा फिल्म हेरेका थिए। गोलाप्रथाबाट उनको नाम छानिएपछि उनलाई फोनमार्फत विजेता भएको जानकारी दिइएको थियो। आफ्नो साथमा एकजना व्यक्ति लान पाउने भएपछि उनले श्रीमती लैजाने बताए।

कार्यक्रममा बोल्दै फिल्मका निर्देशक मिलन चाम्सले बोबी रिलिज हुनुपहिला दर्शकलाई नर्वे घुम्न लैजाले घोषणा गरिएअनुसार गोलाप्रथाबाट विजेता छानिएको बताए। ‘केही हलमा ५१ र केही हलमा ८० दिनभन्दा बढी बोबी चल्यो। यसकारण अन्तिममा फिल्म हेर्ने दर्शकलाई पनि समावेश गरेर विजेता छान्न समय लागेको हो’ –चाम्सले भने।

बोबी नायिका कविता गुरुङले विजेतालाई नेर्वेस्थित आप्mनै घरमा राखेर त्यहाँका ठाउँ घुमाउने बताइन्। नर्वेमा बस्दै आएका उमेश थापा र कविता गुरुङको प्रेमकथामा बनेको बोबीले नेपालमा राम्रो व्यापार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्