नेपाल बंगलादेश बैंक र खल्तीबीच सम्झौता



नेपाल समाचारपत्र
काठमाडौं,

नेपाल बंगलादेश बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानीमा सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सो बैंकका डेपुटी सीइओ सुरेन्द्रभूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बुधबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।

यस्तो सम्झौतासँगै नेपाल बंगलादेश बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने बताइएको छ। यस्तो सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ। ‘हामी प्रविधिको प्रयोग गरेर मानिसका विभिन्न बैंकिङ तथा वित्तीय समस्या समाधान गर्न खोजिराखेका छौं, जसको माध्यमबाट ग्राहकले मोबाइलबाटै सबै किसिमका सेवा प्राप्त गर्न सक्नुहुनेछ’ –सो सम्झौतापश्चात बैंकका डेपुटी सीइओ श्रेष्ठले भन्नुभयो। त्यसै गरी खल्तीका डाइरेक्टर अग्रवालले नगद पैसाबिनाको सरल भुक्तानीको यो एउटा सुरुआत भएको बताउँदै भन्नुभयो– ‘यो पार्टनरसिपसँगै हामीलाई खल्ती नगद पैसाबिनाको नेपालका लागि एउटा अर्को पाइला अगाडि सारेका छौं।’

गतवर्ष नेपाली बजारमा आरम्भ भएको खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट, डीटीएच, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङजस्ता सुविधाको बिल भुक्तानी गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्