गुल्मीमा जिप दुर्घटना, एकको मृत्यु, १६ घाइते



अनिल खत्री, गुल्मी ।
गुल्मीमा जिप दुरघटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । बुधवार साझ जिल्लाको इस्मा गाउँपालिका २ छल्दी पनाहा नजिकै डबल क्याप भएको दुरघटनामा लु १ च ७३७० नम्बर जिप दुरघटनामा परेको हो ।

दुरघटनामा परेर इस्मा गाउँपालिका २ पालुखा निवासी १४ वर्षका बिमल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रोशन खड्काले बताए । दुरघटनामा परेर घाइते केसी उपचारको लागि तम्घास ल्याउने क्रममा मउत्यु भएको प्रहरी जनाएको छ ।

दुरघटनामा परेर इस्मा गाउँपालिका २ पालुखाका निवासी ६५वर्षिय बेलकुमारी कुवँर,१४ वर्षिय रबिन कुवँर, ५२ वर्षिय कमला केसी, ३३ वर्षिय कल्पना राना, ११ वर्षिय बिशाल थापा, १४ वष्र्मिय पबित्रा केसी, २६ वर्षिय करिश्मा कुवँर, २९ वर्षिय चालक प्रेम कुवँर, १२ वर्षिय अर्जुन केसी,१३ वर्षिय रेशम केसी, १९ अनुसा पन्थी, १२ वर्षिय कबिता मुखिया, ८ वर्षिय शुश्मा मुखिया, ५९ वर्षिय कमला पन्थी घाइते भएका छन् ।

अन्य घाइतेहरुको नामावलि आउने क्रममा रहेको प्रहरीले जनाएको छ । घाइतेहरु सबैको जिल्ला अस्पतालमा उपचारको लागि ल्याइएको प्रहरीले जनाएको छ । धेरै यात्रु चढेकाले अरु पनि घाइतेहरुको संख्या बढन सक्ने प्रहरीले जनाएको छ ।

जिप जिल्लाको सदरमुकाम तम्घासबाट पालुखा जाँदै गरेको थियो । जिपमा जोगिथुमबाट पूर्णिमा मेला हेरेर फर्किने यात्रुहरु धेरै चढेर उकालोमा ओभर लोड ब्रेक फेल भएर दुरघटनामा परेको जिल्ला ट्राफिक कार्यलय गुल्मीका हवल्दार देबिप्रसाद पौडेलले बताए ।

घाइते मध्ये चालक गम्भीर रहेको प्रहरीले जनाएको छ । दुरघटनामा परेको जिप सडकबाट करिब ६० मिटर खसेको छ । मेला हेरेर फर्किन यात्रु भएकाले कति यात्रु थिए भन्ने बारे जानकारी नरहेको प्रहरीले जनाएको छ ।

बुधवार दिउसो रेसुङ्गा नगरपालिका ४ अर्खलेमा मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । सदरमुकाम तम्घासदेखि जाँदै गरेको लु १२ त ८३९१ नम्बरको मोटरसाइकल तथा विपरित दिशाबाट आउँदै गरेको लु १० प ३५८१ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किदाँ ३ जना घाइते भएका प्रहरी नायव उपरिक्षक रोशन खड्काले बताए ।

घाइते हुनेहरुमा मोटर साइकल चालक वर्ष २२ का वसन्त बस्नेत तथा उनकी श्रीमती वर्ष २० विष्णु बस्नेत तथा अर्का मोटरसाइकल चालक वर्ष ३८ का रवि पाण्डेय रहेको प्रहरीले जनाएको छ । घाइते तिनै जनाको अवस्था मध्यम रहेको तथा अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्