गणतन्त्रमा राजतन्त्रको शैली



यसपालिको दशैंमा धरहराले निःशुल्करूपमा ठूलो मनोरञ्जन लिन पायो। त्यो पनि स्यालदरबार, सिंहदरबार हो र? नाम फेरिएको नारायणहिटीदरबार याने कि ‘शीतलदरबार’बाट राजतन्त्रभित्र गणतन्त्र अटाउन सक्दैन तर गणतन्त्रभित्र राजतन्त्र अटाउन सक्छ भनेको सही नै हो रहेछ। विजयदशमीको दिन त्यो दृश्य हेर्न धरहराले नौ तलामाथि चढ्नै परेन।

भुइँतलाको सानो आँखीझ्यालबाटै देख्न पायो त्यस्तो दृश्य। पूर्वप्रधानमन्त्री भइसकेका र अहिले कम्युनिस्ट नामधारी ‘नेकपा’भित्र प्रतिपक्ष भनेर देखिएका माधवकुमार नेपालदेखि विवादास्पद पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसम्मको ‘गणतन्त्रकी बडामहारानी’को चरणकमलमा भएको धनुष्टङ्कार देख्दा धरहरालाई कुरी कुरी नै लाग्यो।

लाजले पानी पानी भएको मात्र होइन, रौं ठाडाठाडा भए। अर्काेतिर आफैंले धर्मनिरपेक्ष बनाएको मुलुकको राष्ट्रपतिको नौटंकी किन? हिन्दू राष्ट्रपति हुनु नै थियो भने किन संसारको एकमात्र हिन्दू राज्य फालेर धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको? नत्र धर्मनिरपेक्ष राज्यको राष्ट्रपति यसरी विवादमा आउने गरी टीका–टालामै उत्रनुपर्ने कारण के पर्यो? धरहराले नबुझ्या हो कि?

प्रतिक्रिया दिनुहोस्